ad ad

कारोबार


सीएफआरडीको कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत फलाइएका नेपाली तरकारी कतार पठाइँदै

सीएफआरडीको कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत फलाइएका नेपाली तरकारी कतार पठाइँदै

नेपालखबर
भदौ २६, २०८१ बुधबार १७:५, काठमाडौँ

कतारमा नेपालले हरियो तरकारी बिहीबार निर्यात सुरु गर्दै छ। 

ग्रामीण विकासका लागि चाइना फाउन्डेसन (सीएफआरडी)को कृषि प्रवर्द्धन कार्यक्रममा नेपाली किसानले फलाएको तरकारी बिहीबार कतार पठाइनलागेको हो। 

कतार पठाइने तरकारीहरुमा अकबरे खुर्सानी, सिमी, तीते करेलालगायत छन्। सीएफआरडीको कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत काठमाडौंको दक्षिणकाली नगरपालिकामा उक्त तरकारी खेती गरिएको थियो। 

सीएफआरडीले चिनियाँ कृषिशैली नेपालमा हस्तान्तरण गर्ने उद्देश्यले यो कार्यक्रम गरिरहेको छ। सीएफआरडीले सुरुमा प्लम्बिङ र इलेक्ट्रिसियनको सीप विकासमा यो कार्यक्रम केन्द्रित गरेको थियो। त्यसपछि सन् २०२३ मा भने अफसिजन तरकारी खेतीमा तारकेश्वर नगरका किसानलाई तीनमहिने विशेष तालिम दिएको थियो।

सीटीईभीटीसँग मिलेर दिइएको तालिमसँगै सीएफआरडीले आवश्यक कृषि यन्त्र र सामग्री पनि उपलब्ध गराएको थियो। त्यसपछि यो कार्यक्रम एन–एग्रो प्रालिसँग मिलेर सीएफआरडीले दक्षिणकाली नगरपालिकामा विस्तार गरेको थियो। यसअन्तर्गत उत्पादित तरकारी बाली कतार निर्यात गर्न लागिएको सीएफआरडीले जनाएको छ। 

सीएफआरडीले बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा एक कार्यक्रम नै गरी औपचारिक रुपमा तरकारी कतार पठाउँदै छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .