कारोबार


जनप्रतिनिधिलाई गाउँ पस्न नदिने बुढीगण्डकी प्रभावितको चेतावनी

जनप्रतिनिधिलाई गाउँ पस्न नदिने बुढीगण्डकी प्रभावितको चेतावनी

नेपालखबर
मंसिर २२, २०७६ आइतबार १४:५३,

बुढीगण्डकी प्रभावित क्षेत्रका स्थानीयहरुले जनप्रतिनिधिहरुलाई गाउँ जान प्रवेश निषेध गर्ने भएका छन्।

उनीहरुले मुआब्जा कम भएको भन्दै आन्दोलन गरिरहँदा समेत ऐक्वद्धता जनाउन नआएकाले जनप्रतिनिधिलाई त्यस क्षेत्रमा जान प्रतिवन्ध गरिएको बताएका हुन्। आन्दोलनरत धादिङ विशालनगर खहरेका सुमन धरेलले जनप्रतिनिधिलाई निषेध गरिएको बताए। उनले हरेक दिन काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गर्दै आउँदा समेत सरकारले आफूहरुको मागप्रति कुनै चासो नदिएको बताए।

बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित गोर्खाको आरुघाट आर्खेत र धादिङ्को विशालनगर खहरे क्षेत्रको मुआब्जाको मूल्य निर्धारणमा पुर्नविचार गर्न माग गर्दै बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले हरेक दिन आन्दोेलन गर्दै आएको छ। तर सरकारले अहिलेसम्म जनताको माग पुरा गर्न कुनै सुनुवाई नगरेको र जनप्रतिनिधिले समेत चासो नदिएकाले त्यस क्षेत्रमा जान प्रतिवन्ध गरिएको धरेलले बताए।

सरोकार समितिका अध्यक्ष दिनेश कुमार ढकालले सरकारले यसअघि धेरै कम मुल्य निर्धारण गरेकाले आन्दोलन गर्नुपरेको बताए। उनले पुनः मूल्य निर्धारण नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .