ad ad

कारोबार


प्रिमियर इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच प्रिमियम भुक्तानी सम्झौता

प्रिमियर इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच प्रिमियम भुक्तानी सम्झौता

नेपालखबर
असार ९, २०७६ सोमबार ८:०,

 प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यम मार्फत प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता भएको छ। उक्त सम्झौतामा प्रिमियर इन्स्योरेन्सका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र खल्ती डिजिटल वालेटका तर्फबाट सह–संस्थापक र निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि प्रिमियर इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन्। सो सम्झौतापश्चात ग्राहकले नेपालभर कुनै पनि ठाउँबाट खल्तीमार्फत बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्नेछन्।

उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका निर्देशक अमित अग्रवालले भने, ‘हामी प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब प्रिमियर इन्स्योरेन्सका ग्राहकहरुले आफ्नो बीमा शुल्क भुक्तानी गर्न इन्स्योरेन्स अफिस वा बैंक धाइराख्नु पर्दैन ।’

उनले आफ्नो मोबाइलमा खल्ती एप इन्स्टल गरी सजिलै बीमा शुल्क भुक्तानी गर्न सक्ने बताए। नगद पैसाविनाको सरल भुक्तानीको यो एउटा सुरुवात भएको जानकारी दिँदै यो पार्टनरशिपसँगै खल्ती नगद पैसाविनाको नेपालको लागि एउटा अर्को पाइला अगाडि सारेजस्तो लागेको बताए।  प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको स्थापना सन् १२ मे १९९४ मा भएको हो।

स्थापना कालदेखि हालसम्म गुणस्तरीय सेवा र व्यवसायिकताका कारणले ग्राहकको सन्तुष्टि जित्न सफल हुनुका साथै स्थानीय र अन्तराष्ट्रिय बीमा क्षेत्रमा प्रतिष्ठा हासिल गर्न सफल भएको छ। कम्पनीको चुक्ता पुंजी ५८ करोड ४० लाख रहेको छ । कम्पनीले सातवटै प्रदेशबाट जनताको पहुँच बढाउन ६१ शाखाहरु सञ्चालनमा ल्याएको छ भने बीमा सेवामा नेपाली जनताको पहुंच बढाउन शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने बताएको छ।

त्यस्तै, सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदीयमान र रुचाइएको पेमेन्ट गेटवे हो। खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमाशुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ।

हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाखभन्दा बढी रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .