कारोबार


उद्योगी व्यवसायी भन्छन्ः बैंकको ब्याजदर घटेन, विश्वसनीयता घट्यो

उद्योगी व्यवसायी भन्छन्ः बैंकको ब्याजदर घटेन, विश्वसनीयता घट्यो

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार १०:५६,

उद्योगी व्यवसायीहरुले बैंकहरुको सफ्टवेर तथा सर्भर ह्याकिङ हुने, स्विफ्टबाट पैसा गायब हुने र चेक तथा एटिएमबाट रकम निकाल्ने घटनाहरु बढ्नुले बैंकप्रतिको विश्वास घटेको बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले शुक्रबार ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जर पछिको एकिकृत कारोबारको सुभारम्भका अवसरमा यस्तो बताएका हुन्। उनले बैंकहरुले आफ्नो प्रविधिमा लगानी नबढाउँदा यस्तो अवस्था आएको बताए। अध्यक्ष श्रेष्ठले बैंक मर्जरमा जानु अर्थतन्त्रका लागि राम्रो भनिएपनि उद्योगीहरुले ब्याजदर घटेको अनुभव गर्न नपाएको समेत बताए। उनले बैंकहरुको ब्याजदर पटक पटक परिवर्तन हुने नियमले उद्योग व्यवसायको विस्तारका लागि कर्जा लिन नसक्ने अवस्था रहेको बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंक मर्ज भएपछि क्षमता बढ्ने, बैंकको खर्च घट्ने तर उद्योगी व्यवसायीहरुले ब्याजदर घटेको अनुभव गर्न नपाएको बताए। त्यस्तै सरकारले दिने सहुलियत दरको कर्जाको जानकारी गाउँगाउँमा नहुनुले बैंकहरु औद्योगिक विकासमा गम्भिर नभएको गुनासो गरे। उनले कर्जा लिँदा सेवा शुल्क बढी तिर्नुपर्ने र पटकपटक कागजात बुझाउनु पर्ने व्यवस्थाले लागत बढेको बताए।

उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको एउटा हिस्सा नै बैंकको सेवा तथा ब्याजदरबाट प्रभावित हुँदा औद्योगिक विकास सम्भव नभएको बताए । त्यसका लागि सरकार र राष्ट्र बैंकलाई गम्भीर हुन उनीहरुको आग्रह थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad