कारोबार


सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

नेपालखबर
असार ९, २०७६ सोमबार ६:३९,

 सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ। बैंक र उक्त कम्पनीबीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफर प्रालिका तर्फबाट उक्त कम्पनीका प्रबन्धनिर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन्।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिँदै आएकोमा सम्झौताअनुसार बैंकका ग्राहकले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत पठाएको रकम सांग्रिला डेभलपमेन्ट बैंकको देशैभर रहेका शाखा कार्यालयहरुबाट सहज तथा सरल रुपमा प्राप्त गर्न सक्नेछन्।

यस सेवाअन्तर्गत ग्राहकले बैंकको हाल सञ्चालनमा रहेका ८५ वटै शाखाहरुबाट यस्तो सुविधा पाउने बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad