चर्चित स्मार्टफोन निर्माता कम्पनी ओप्पोले नयाँ रेनो १० एक्स जुम मोबाइल नेपालमा पनि सार्वजनिक गर्ने भएको छ। ओप्पोले यही असार १५ गतेदेखि उक्त फोन नेपाली बजारमा ल्याउन लागेको हो।
४८ मेगापिक्सेलको प्राइमरी लेन्स, १३ मेगापिक्सेलको टेलिफोटो लेन्स र ८ इमपी वाइड एंगल लेन्ससहितको फुल फोकल लेन्थ ट्राइ लेन्स रियर क्यामेरा यस फोनमा रहेको कम्पनीले जनाएको छ। ओप्पो रेनो १०एक्स जुम फोटोग्राफीलाई नै ध्यानमा राखेर ल्याइएको उत्पादन हो। नेपालमा भने उक्त फोन असार १५देखि उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ ।
यी हुन् मुख्य विशेषता
६.६ इन्चको फुल एचडीप्लस डिस्प्ले, अक्टाकोर क्वालकोम स्न्यापड्र्यागन ८५५ सीपीयू, ६ र ८ जीबी र्याम, १ सय २८ र २ सय ५६ जीबीको स्टोरेज, ४ हजार ६५ एमएएच ब्याट्री, फिंगरप्रिन्ट, एक्सिलेरोमिटर, जाइरो, प्रोक्जिमिटी र कम्पास सेन्सरजस्ता सुविधा यस फोनमा रहेका छन्।
यो फोनको मूल्य लगभग १ लाखको हाराहारीमा पर्नसक्ने बताइएको छ।
Shares

प्रतिक्रिया