नेपालको चर्चित व्यावसायिक घरानीया चौधरी ग्रुप र भारतको टाटा ग्रुपअन्तर्गतको इन्डियन होटेल्स कम्पनी लिमिटेड (आईएचसीएल) बीच सम्झौता भएको छ।
प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार नेपाली सीजी हस्पिटालिटीले दुवईमा रहेको आफ्नो सम्पत्ति ताज जुमेइरा लेक्स टावर्सको व्यवस्थापन भारतीय कम्पनीले गर्ने सम्झौता भएको हो।
ताज जुमेइरा सिजी हस्पिटालिटीको दुवईमा रहेको पहिलो होटल प्रोपर्टी हो। सीजी हस्पिटालिटीका एमडी राहुल चौधरीका अनुसार यो भेन्चर (उपक्रम)ले आईएचसीएलसँगको विश्वव्यापी साझेदारीलाई थप मजबुत पार्नेछ।
happy to announce the opening of our newest Taj JLT dubai! Congratulations to our cg hotels team and particularly to my son Rahul. The man who Did it all.... pic.twitter.com/hPIDYST2df
— Binod Chaudhary (@BinodKChaudhary) November 27, 2019उनले चर्चित ताजसँग विश्वका विभिन्न स्थानमा १० वटामा साझेदारी रहेको उल्लेख गर्दै यसले नयाँ किसिमको हस्पिटालिटी र लक्जरी स्ट्यान्डर्ड बनाएको बताएका छन्। दुवईमा ताज जुमेइराले कम्पनीलाई महत्वपूर्ण मध्यपूर्वी बजारमा स्थापित गर्ने बताए।
सम्झौताअनुसार आईएचसीएलले होटलको व्यवस्थापन र सञ्चालन गर्ने सीजी हस्पिटालिटीले जनाएको छ। यद्यपि यसको वित्तीय विवरणबारे भने केही कम्पनीले केही उल्लेख गरेको छैन।
चौधरी ग्रुपले विश्वका ११ देशमा १ सय ३० होटल र रिसोर्ट सञ्चालन गर्दै आएको छ। सीजी कर्प ग्लोबलअन्तर्गत ग्रुपमा १ सय ७४ कम्पनी र ७६ ब्रान्ड समावेश छन्।

प्रतिक्रिया