ad ad

कारोबार


कस्टमर जर्नी : सबै चरणहरूमा मेसेजिङ एपमार्फत तपाईँका दर्शकहरूसँग जोड्दै

कस्टमर जर्नी : सबै चरणहरूमा मेसेजिङ एपमार्फत तपाईँका दर्शकहरूसँग जोड्दै

बेरिना तनोभिक
असार १९, २०७९ आइतबार १४:२९, काठमाडौँ

हालै गरिएको एक अध्ययनअनुसार ९२ प्रतिशत मानिसहरूले आफ्नो फोनमार्फत् इन्टरनेट प्रयोग गर्ने पाइएको छ,  पहिलेको तुलनामा ग्राहकहरूले मोबाइल उपकरणमा बढी इन्टरनेट सर्फ गर्ने पाइएको छ।

सामान्यतः इन्टरनेट चलाउने क्रममा उनीहरू विभिन्न च्यानलमा स्विच गरिरहन्छन्। मोबाइलबाट सुरु गरे पनि थप खोज र अध्ययन गर्न उनीहरू डेस्कटप र कम्प्यूटरमा स्विच गर्ने गर्छन्। अथवा, उनीहरूले टिभीमा कुनै विज्ञापन हेरेपछि त्यसबारे थप जान्न वेबसाइटमा जाने गर्छन्। अन्ततः मानिसहरू पहिलेभन्दा धेरै टच्प्वाँइन्टको साथ अन्तर्क्रिया गर्ने गर्छन्।वेबसाइट र एपको अतिरिक्त, उनीहरू सामाजिक सञ्जाल, च्याटबट, र भ्वाइस असिसेटेण्टमार्फत् पनि अन्तरक्रिया गरिरहेका हुन्छन्।

खरिदको यस नयाँ बाटो बुझ्न र ट्र्याक गर्न अप्ठयारो हुन सक्छ। यद्यपि, खरिद निर्णयलाई प्रभाव पार्न सक्ने टचप्वाँइन्टलाई पहिचान गर्न र मार्केटिङ यात्रालाई मापन गर्नका निम्ति पनि मार्केटरहरूका लागि यो अत्यन्त आवश्यक छ। कस्टमर जर्नीको सबै चरणहरूमा आफ्ना दर्शकहरूसँग जोडिनका लागि व्यवसायहरूले मेसेजिङ एपहरू प्रयोग गर्न सक्ने चार तरिकाहरू यहाँ दिइएका छन् -

१. नयाँ दर्शकसम्म पुग्नुहोस्
नयाँ दर्शकहरूका साथ जोडिन मेसेजिङ एपहरूसँग धेरै तरिकाहरू छन्। उदाहरणका लागि, रुचि, लोकेशन, लिङ्ग र उमेरको आधारमा प्रयोगकर्ताहरूको विशेष समूहलाई लक्षित गरी विज्ञापन गर्दा आउने समस्या समाधान गर्न भाइबरले मद्दत गर्छ। व्यापारिक मेसेजहरू ब्राण्डहरूका लागि हुन् जसको आफ्नै ग्राहक डेटा हुन्छ र ब्राण्डबारे सचेतना निर्माण गर्नका लागि ब्राण्डहरूले समाचार, उत्पादन अपडेटहरू, विशेष प्रस्तावहरू, नयाँ सुविधाहरू वा आफ्ना गतिविधिहरूको बारेमा आफ्ना अवस्थित र सम्भावित ग्राहकहरूलाई जानकारी दिनका लागि साझा गर्न सक्छन्।साथै, मेसेजिङ एपहरूको अनुप्रयोग गरी अन्य ब्राण्डहरूसँग सह-प्रमोसनहरू गर्दा पनि प्रभावकारी हुनसक्छ।

२. आफ्ना ग्राहकहरूसँग इङ्गेज हुनुहोस्

मेसेञ्जरहरूले व्यवसायहरूलाई विभिन्न तरिकाबाट आफ्ना दर्शकहरूसँग संलग्न हुने अवसरहरू प्रदान गर्दछन्। ब्राण्डहरू एकएक ग्राहकसम्म वान-टू-वान पर्सनलाइज्ड मेसेजका साथ पुग्न सक्छन्। भाइबरजस्ता केही मेसेञ्जरहरूले वृहत मिडिया सम्भावना बोकेका हुन्छन् र, मार्केटहरूले दृश्यात्मक रूपमा थप आकर्षित गर्न आफ्ना दर्शकहरूसँग तस्विर, भिडियो र इमोजीजस्ता सामाग्रीहरू साझा गर्न सक्छन्। आफ्नो प्रत्यक्षता अझ प्रभाकारी ढङ्गमा प्रस्तुत गर्न सृजनात्मक स्टिकरहरू र ब्राण्डेड एआर लेन्सहरू थप उपयोगी उपकरणहरू हुन् र भाइरल हिट हुने अन्तरक्रियात्मक सोल्यूशनको अनुप्रयोगबाट अवस्थित र सम्भावनात्मक ग्राहकहरूका साथ संलग्नता बढाउन सकिन्छ। तपाईँको बट छलफलमा संलग्न हुन र उनीहरूलाई अनुकूलन प्रस्तावहरूको साथ लक्षित गर्न च्याटबटहरूले तपाईँको ब्राण्डलाई मेसेज अनुप्रयोगमा नयाँ र अवस्थित श्रोताहरू पहिचान गर्न मद्दत गर्न सक्छ।
 
भाइबरमा अन्तर्क्रियात्मक बिजनेस मेसेजहरू र च्याटबटहरूको उदाहरणहरू
३. आफ्ना ग्राहकहरूलाई सहायता गर्नुहोस्
 पाईँका ग्राहकहरूलाई उपयोगी जानकारीका प्रदान गर्नका लागि मेसेजिङ् एपहरू विशिष्ट उपकरणहरू हुन्। उदाहरणका लागि, भाइबर बिजनेस मेसेजका साथ, कम्पनीहरूले अप्वाइण्टमेण्ट रिमाइण्डर वा शिपिङ्ग अपडेट, र ‘कन्भर्शेसनल क्यापाबिलिटी’मार्फत ‘रियलटाइम कस्टमर सपोर्ट’ जस्ता ‘ट्राञ्जिसनल मेसेजहरू’ सजिलै पठाउन सक्दछन्। र, च्याटबटका साथ, ब्राण्डहरूले ग्राहकहरूको प्रश्नको जवाफ, जानकारी उपलब्ध गराउँदै र होटल रुम बुक गर्ने वा खानेकुरा अर्डर लिन र सामानहरू बिक्री गर्ने सेवासमेत सञ्चालन गर्न सक्छन्।

४. आफ्नो सफलताको मापन गर्नुहोस्
सिटिआर, डेलिभर भएका मेसेजहरू, पठाइएका मेसजहरूका ‘कि मेट्रिक्स’ ट्रर्याक गर्नुहोस् र तपाईँको कार्य सम्पादनलाई समयको अन्तरालमा समिक्षा गर्न मद्दत गर्ने विस्तृत रिपोर्ट तयार पार्नुहोस्।
 
भाइबरमा विज्ञापन, ब्राण्डेड लेन्सहरू र बिजनेस मेसेजहरूको उदाहरणहरू
यदि तपाईँलाई ‘कस्टमर जर्नी’ को परम्परागत मार्केटिङ परिभाषासँग बानी परेको छ भने सम्भवतः  तपाईँको ब्राण्डबारे अनजान ग्राहकहरूलाई कसरी इमान्दार ग्राहक बनाउनेसम्मका प्रक्रिया सोच्दै हुनुहुन्छ होला। तर जसरी समय र प्रविधि बद्लिन्छन त्यसैगरी मानिसहरूले ब्राण्डसँग जोडिन नयाँ बाटोहरू पहिल्याउँछन्। ‘डिस्कभर’ गर्नेदेखि अन्तरक्रिया गर्नेसम्म आफ्ना दर्शकहरूसँग जोडिनका लागि मेसेजिङ एपहरू धेरै नै उपयोगी रहिआएका छन्। पाठ्यपुस्तक परिभाषामा तिनीहरूको केही भूमिका यहाँ हरौँ।

सचेतना
तपाईँको ब्राण्डबारे थाहा नभएका सम्भावित ग्राहकहरूसम्म पुग्न भाइबर प्रयोग गर्नुहोस्। तपाईँले यो कुरा च्याटबट प्रयोग गरी वा विज्ञापनमार्फत गर्नु सक्नुहुन्छ।

मनन
तपाईँको ब्राण्डबारे कोही अभिज्ञ भइसकेपछि अब तपाईँको काम भनेको तपाईँको अफरबारे उनीहरूको रुचि जगाउनु हो। तपाईँ बिजनेस मेसेज र च्याटबटको प्रयोग गर्नु सक्नुहुन्छ जसले तपाईँलाई प्रतियोगिता र ‘गिभअवे’ जस्ता सेसनहरू आयोजना गर्नमा मद्दत गर्छन्।

निर्णय
तपाईँको अफरमा रुचि जगाइसकेपछि अब ग्राहकहरूको खरिद गर्ने पालो हो। विशेष सम्झौता र छुटहरू प्रस्ताव गर्न बिजनेस मेसेजहरू र च्याटबटहरू प्रयोग गर्नुहोस्। तपाईँले उत्पादनहरू अपसेल र क्रस-सेल गर्न मेसेजिङ एप पनि प्रयोग गर्न सक्नुहुन्छ।

इमानदारिता
एक पटक कसैले तपाईँबाट खरिद गरिसकेपश्चात, उनीहरूलाई तपाईँको ग्राहक बनाइराख्न आवश्यक छ। उनीहरूलाई ‘लोयलटी कुपन’ र पुरस्कार पठाउन भाइबरजस्स्ता मेसेजिङ एपको प्रयोग गर्नुहोस्। उनीहरूलाई तपाईँको आवश्यक्ता परेको बेला ‘रियल टाइम कस्टमर सपोर्ट’ प्रदान गर्न वा सल्लाह-सुझाब लिन तपाईँ बिजनेस मेसेज र च्याटबट प्रयोग गर्न सक्नुहुन्छ।

निष्कर्ष
कस्टमर जर्नीको सबै चरणहरूमा आफ्ना दर्शकहरूसँग जोडिन मेसेजिङ एपको प्रयोग गरी तपाईँ तपाईँको ग्राहकहरूका लागि सबैभन्दा राम्रो सम्भावित अनुभव प्रदान गर्दै हुनुहुन्छ भनेर सुनिश्चित गर्न सक्नुहुन्छ। रुपान्तरण र  दुई पक्षीय कम्यूनिकेशनको सम्भावनादेखि ब्राण्ड सचेतनासम्म मेसेञ्जरले बिजनेसलाई आफ्ना ग्राहकहरूसँग विशेष रूपमा सम्बन्ध बनाइराख्न मद्दत गर्दछ।

हामी डिजिटल दुनियाँतर्फ बढ्ने क्रममा ‘कस्टमर जर्नी’ पनि लगातार परिवर्तन भइरहेको छ। त्यसैले आजको दिनमा कम्पनीहरूलाई सदैब एक कदम अगाडि रहन र उनीहरूका लक्षित दर्शकहरूले ब्राण्डसँग कसरी अन्तरक्रिया गरिरहेका छन् भनी बुझ्न आवाश्यक छ। ‘कस्टमर जर्नी’बारे जानकारी राख्दा, समग्रमा बिजनेसहरूले आफ्ना ग्राहकहरूलाई परिस्कृत सेवा दिँदै आफ्ना उपभोक्ताहरूमाझ इमानदारिता स्थापित गर्न सक्छन्।

मेसेजिङ एपहरूले व्यवसायहरूलाई नयाँ ग्राहकहरूलाई आकर्षित गर्न, संलग्नता बढाउन र सफलता मापन गर्नका लागि विस्तृत समाधानहरू प्रदान गर्ने हुनाले, मार्केटिङ अभियानहरूका लागि तिनीहरूको शक्तिको सदुपयोग गर्नु आजको सबैभन्दा बुद्धिमानीपूर्ण विकल्पहरू मध्ये एक हो।

(लेखिका एसिया पेसेफिकका लागि पार्टनरशिप मेनेजर हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .