कारोबार


लमजुङमा ३५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न

लमजुङमा ३५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न

फाइल फोटाे


रासस
असार १८ , लमजुङ

लमजुङमा हालसम्म ३५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भएको छ। गत वर्षको तुलनामा पर्याप्त पानी परेसँगै अधिकांश भागमा छिटो रोपाइँ थालिएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ।

कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले गत वर्षको तुलनामा छिटो रोपाइँ भएको बताए।

गत वर्ष यतिबेला मुस्किलले ३० प्रतिशतको हाराहारी रोपाइँ हुन्थ्यो। यस वर्ष जेठ महिनादेखि नै पानी परेकाले मूल फुटेको, भलपानी छोप्नुपर्ने र खोलाको किनारमा रहेका खेतलगायत अधिकांश ठाउँमा रोपाइँ भइरहेको उनको भनाइ छ।

जिल्लाका केही भाग मकै ढिलो पाक्ने खेतमा भने रोपाइँ हुन बाँकी रहेको केन्द्रले जनाएको छ।

जिल्लाका आठ पालिकामध्ये सबैभन्दा बढी मस्र्याङ्दी र क्व्होलासोथर गाउँपालिकामा रोपाइँ भएको उक्त केन्द्रका प्रमुख खतिवडाको भनाइ छ। 

केन्द्रका अनुसार लमजुङको ४५ हजार ५० हेक्टर क्षेत्रफल  खेतीयोग्य जमिनमध्ये १६ हजार ६१२ हेक्टरमा धानखेती हुँदै आएको छ। त्यस्तै, ९१० हेक्टर क्षेत्रफलमा चैते धानखेती हुँदै आएको छ।

रोपाइँ हुने खेतमध्ये गत वर्ष ९० प्रतिशतभन्दा बढी खेतमा रोपाइँ भएको केन्द्रले जनाएको छ।

जिल्लामा ठूला–ठूला फाँटहरु रामचोकबेँसी, राइनासटार, धमिलिकुँवा, चक्रतीर्थ, भलाखर्क, भोर्लेटार, दुईपिप्ले, सोतिपसल, परेवाडाँडा, सत्रसय, सुन्दरबजारलगायत स्थानमा बढी धान उत्पादन हुने गरेको छ।

जिल्लाका किसानले सावित्री, जेठोबुढो, रामधान, सुनौलो सुगन्ध, लोकतन्त्र, एक्लेजस्ता उन्नत जातका धानलगायत मकवानपुर, गोरखनाथ, लोकनाथ, मनसुली, युएस ३१२, उपज, वर्षे तीन हजार चारलगायत हाइब्रिड जातको धान लगाउँदै आएका छन्।

असार १८, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.