कारोबार


वनमन्त्रीसँग नाडाको छलफल, युरो ६ लागू गर्न २ वर्षको समय तोक्न आग्रह

वनमन्त्रीसँग नाडाको छलफल, युरो ६ लागू गर्न २ वर्षको समय तोक्न आग्रह

नेपालखबर
असार १७, २०७९ शुक्रबार १७:३७, काठमाडौँ

नाडाले वन तथा वातावरणमन्त्री राम सहायप्रसाद यादवसँग युरो ४ तथा युरो ६ को कार्यान्वयनको विषयमा छलफल गरेको छ। 

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिले २ वर्षको समय दिन माग गरेको छ। 

श्रेष्ठले मन्त्रालयमा लिखित रुपमा जानकारी दिइसकेको जानकारी दिँदै युरो ६ को कार्यान्वयनको सम्बन्धमा सवारीसाधन पैठारीकर्ताहरुलाई मिति नै तोकेर २ वर्षको समयावधि दिन आग्रह गरेका छन्। 

त्यस्तै युरो ६ का सवारी साधनहरु आयातगर्दा अहिलेको सवारी साधनमा ४० देखि ५५ प्रतिशतसम्म मूल्य वृद्धि हुने हुँदा यसलाई चरणबद्धरुपमा लागू गर्ने व्यवस्थाको लागि अनुरोध गरेका छन्। 

छलफलमा केन्द्रीय कार्यसमिति सदस्य तथा वातावरण समितिका सभापति कपिल शिवाकोटीले सुरक्षा र गुणस्तरीय मापदण्डका उपायहरु अपनाएर मात्र कम्बसन इन्जिन भएका सवारी साधनलाई विद्युतीय सवारीसाधनमा परिणत गर्न सुझाव दिए। 

मन्त्री यादवले नाडाको सुझावप्रति सकारात्मक रहेको धारणा व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .