पोखरा महानगरपालिकाको बजेट भाषण अझै सुरु हुन सकेको छैन।
अपरान्ह ४ बजे सुरु गर्ने तयारी गरिएपनि बजेट वक्तव्य अघि नै रातो किताब सार्वजनिक भएको भन्दै एमाले नगर सभा सदस्यले विरोध जनाए पछि बजेट भाषण सुरु हुन नसकेको हो।
उनीहरुले नारा जुलुस गर्दै विरोध जनाएपछि अझै सुरु हुन नसकेको हो। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब साढे ८ अर्बको बजेट ल्याउने ल्याउने तयारी गरेको छ।
महानगरले चालु आर्थिक वर्षभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउन लागेको हो। यसअघि महानगरले ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको थियो।
48
Shares

प्रतिक्रिया