ad ad

कारोबार


वाई५५ स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा भिभो

वाई५५ स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा भिभो

नेपालखबर
असार ६, २०७९ सोमबार १७:४७, काठमाडौँ

स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई५५ यही असार ११ गते सार्वजनिक हुने घोषणा गरेको छ। 

यस उपकरणमा प्रयोगकर्ताहरूले अपेक्षा गर्न सक्ने केही विशेषताहरूको जानकारी पनि ब्रान्डले दिएको छ। यसको पूर्ववर्ती जस्तै, वाई५५ पनि उच्च विशेषताहरु भएको एक सूलभ उपकरण हो।

वाई ५५ भिभोको विश्वप्रसिद्ध फ्युचरिस्टिक तर सुरुचिपूर्ण डिजाइन भएको नवीनतम उपकरण हो जसले प्रयोगकर्ताको हरेक माग पूरा गर्नेछ। यसलाई विशेष ब्याट्री शक्ति, क्यामेरा क्षमता र उच्च प्रदर्शनद्वारा प्रतिस्पर्धामा अगाडि रहन डिजाइन गरिएको छ।

वाई५५ मा ५०००एमएएच ब्याट्री रहेको छ र यसलाई दिनभर बिना कुनै पनि ब्याट्री समस्या चलाउन सकिन्छ । साथै, यस फोनमा ४४ वाट फ्ल्यासचार्ज पनि रहेको छ । उच्च कार्यसम्पादन र उत्कृष्ट विशेषताहरुको साथै लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूका लागि यो नयाँ उपकरण उत्तम विकल्प हुनसक्छ । 

शक्तिशाली पर्फमेन्सका लागि वाई५५ मा क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ । यस प्रोसेसरले गर्दा यो उपकरणमा गेमिङ स्ट्रिमिङ वा काम गर्न समेत सहज, थप सुव्यवस्थित र छिटो हुन्छ । यसले बहु–कार्यलाई सजिलो बनाउने कम्पनीको दाबी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .