कारोबार


कुँवरले छाडिदिएपछि बैंकर्स संघको अध्यक्ष बन्दै भुवन दाहाल

कुँवरले छाडिदिएपछि बैंकर्स संघको अध्यक्ष बन्दै भुवन दाहाल

नेपालखबर
मंसिर १६, २०७६ सोमबार १२:५५,

नेपाल बैंकर्स संघको निर्वाचन आगामी बिहीबार हुँदै छ। वाणिज्य बैंकका सीईओहरुको छाता संगठन बैंकर्स संघका हालका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको कार्यकाल समाप्ति पछि नयाँ अध्यक्षमा सानिमा बैंकका सीईओ भुवन दाहालको नाम सहमति गराउने प्रयास भएको छ।

अध्यक्षको लागि धेरै दावेदार देखिए पनि दाहालको पक्षमा सहमति भएको हो।

संघका एक दस्यका अनुसार ढुंगानाले दोस्रो कार्यकालको लागि चासो नदेखाए पछि पहिले पनि अध्यक्ष भैसकेका नविल बैंकका सीईओ अनिल केशरी शाहलाई पुनः अध्यक्षको प्रस्ताव भएको थियो। तर उनले पनि अध्यक्षको लागि चासो देखाएनन्। उनीपछि जनता बैंकका सिइओ पर्शुराम कुँवरलाई प्रस्ताव गरिएको थियो। उनले चाहिँ अध्यक्षको लागि चासो पनि देखाएका थिए।

ग्लोबल आइमएई बैंक र जनता बैंक मर्जर हुँदै सबै भन्दा ठूलो बैंक बनेर एकीकृत कारोबारको चरणमा छ। उक्त बैंकको समेत सीईओको रुपमा कुँवर रहने छन्। उनी बैंकर्स संघको अध्यक्ष भए बैंकलाई समय दिन नसक्ने देखिए पछि उनी पनि पछि हटेका हुन्। दुबै बैंक मर्जर पछि अध्यक्ष बन्ने चन्द्रप्रसाद ढकालले समेत उनलाई संघको अध्यक्ष हेर्न चाहन्थे तर आफ्नो बैंकमा नै व्यवस्थापनको चुनौती रहेकोले आफ्नै बैंकको सहमति अनुसार उनी पछि हटेका हुन्।

उनी अध्यक्ष नबन्ने भए पछि भुवन दाहालको नाम सर्वसम्बत भएको हो।

भोली (मंगलबार)सम्म उम्मेदवारको नामावली माग भए पनि आजसम्म कुनै उम्मेदवारी भने परेको छैन। बैकर्स संघ निर्वाचन समितिका संयोजक अनिल शर्माले नेपालखबरसँग कुरा गर्दै भने ‘हालसम्म भएको छलफलमा भुवन दाहालाई सर्वसम्बत गराउने भन्ने निर्णय भएको छ तर पनि मंगलबारसम्म आवेदन मिति रहेकोले सर्वसम्मत हुने वा नहुने आधिकारीक चाहिँ भोलि बेलुका सम्म थाहा हुन्छ।’
अहिले सम्मको छलफल अनुसार दाहाल नै आगामी अध्यक्ष रहेको उनले स्पष्ट पारे।

यो पटक अध्यक्ष हुने पालो भने नेपाल एसबीआई बैंकका सीईओ अनुकूल भटनागरको हो। संघका हालका उपध्यक्ष हुन् उनी। तर उनले पनि अध्यक्षमा रुचि देखाएनन्। उनी पुनः उपाध्यक्ष नै रहने सहमति भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .