फ्रान्समा नेपाली समयअनुसार साढे १ बजे आयोजना हुने विशेष कार्यक्रममा यस अवार्ड प्रदान गरिनेछ।
यस पटकको बालुन डि’ओर अवार्डका लागि बार्साका लियोनल मेस्सी, लिभरपुलका भर्जिल भान डाइक, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो, लिभरपुलका मोहम्मद सलाह, पएसजीका केलिएन एमबाप्पे, रियल मड्रिडका इदेन ह्याजार्डसहित ३० जनाको नाम मनोनयनमा परेको छ।
यीमध्ये लियोनल मेस्सी, भान डाइक र क्रिस्टियानो रोनाल्डोलाई बालुन डि’ओरको मुख्य दाबेदार मानिएको छ।
गत सिजनको प्रदर्शनको आधारमा मेस्सीले यसवर्ष फिफा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड पाएका छन् भने भान डाइकले यूइएफए वर्ष खेलाडीको उपाधि हात पारेका छन्।
यी दुवैमध्ये एकले नै बालुन डि’ओर जित्ने विश्लेषण पनि भइरहेका छन्। मेस्सी पाँच पटकका बालुन डि’ओर विजेता हुन भने रोनाल्डो पनि पाँच पटकका बालुन डि’ओर विजेता हुन्।
दुवै छैठौं बालुन डि’ओरको होडबाजीमा रहँदा भान डाइक भने पहिलो बालुन डि’ओरको खोजीमा छन्।
गतवर्ष रियल मड्रिडका लुका मोड्रिचले यस अवार्ड हात पारेका छन्।
हाल विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमले मेस्सीले बालुन डि’ओर जित्ने अनुमान गरिरहेका छन्।
ट्वीटर तथा फेसबुकमा पनि मेस्सीले बालुन डि’ओर जितेको भनेर विभिन्न तस्बिरहरु सेयर भएका छन्।
एक तस्बिरलाई वेलायती संचारमाध्यम द मिररले सेयर गरेको छ। उक्त तस्बिरमा मेस्सीले बालुन डि’ओरका लागि ४४६ अंक प्राप्त गर्दा दोस्रोमा भान डाइकको ३ सय ८२ अंक देखिएको छ।
मोहम्मद सलाह र रोनाल्डो क्रमश यस सूचीमा तेस्रो र चौथौं सूचीमा छन्। द मिरर

प्रतिक्रिया