कारोबार


७० वर्षमाथिकालाई काठमाडौं महानगरले घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने

७० वर्षमाथिकालाई काठमाडौं महानगरले घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने

नेपालखबर
असार ५, २०७९ आइतबार १८:८, काठमाडौँ

काठमाडौं महानगरपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको घरमै गई स्वास्थ्य परीक्षण गर्ने भएको छ। 

नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई वडा कार्यालयमार्फत सरकारले उपलब्ध गराउने औषधि निःशुल्क दिने सहजीकरण गर्ने भएको छ। 

महानगरको विशेष भत्ता योजना ७५ वर्षमाथिका नागरिकलाई वार्षिक १२ हजार निरन्तरता दिएको छ। 

ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव पुस्तान्तरण र हस्तान्तरण गर्न वडास्तरमा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने भएको छ। 

क वर्गका अपांगलाई वार्षिक ३ हजारबाट ६ हजार पु¥याइने भएको छ। 

अपांगमैत्री एटीएम मेसिन चलाउन बैंकसँग समन्वय गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad