काठमाडौं महानगरपालिकाले पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाउने भएको छ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुहिने फोहोरलाई घरमै मल बनाउने लाग्ने शुल्कमा सहुलियत दिने भएको हो।
प्रविधिमा आधारित फोहोर मैला व्यवस्थापन प्रणालीको उपयोग गरी सोलिड वेष्टको दिगो व्यवस्थापन गरिने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ।
यसको कार्यान्वयनको लागि छुट्टै परियोजना सञ्चालन गरी जिरो वेष्ट कार्यान्वयन अवधारणा ल्याइने मेयर बालेन्द्र शाहले बताए।
फोहोरबाट उmर्जा उत्पादनको लागि काठमाडौं महानगरपालिकासहित अन्य स्थानीय तहका उपयुक्त स्थानमा वेष्ट टु इनर्जी प्लान्ट स्थापना गर्ने नीति लिइएको छ।
यसअनुसार ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोला निषेध गरिनेछ। प्लास्टिकका सट्टा जुट, कपडा वा कागजको झोला प्रयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
शतप्रतिशत घरले नओगटेको क्षेत्रमा १ घर १ रुख अभियान सञ्चालन गरिने भएको छ।
Shares

प्रतिक्रिया