ad ad

कारोबार


सुदूरपश्चिमले बढायो बजेटको आकार, ३६ अर्ब ७४ करोड विनियोजन (पूर्णपाठ)

सुदूरपश्चिमले बढायो बजेटको आकार, ३६ अर्ब ७४ करोड विनियोजन (पूर्णपाठ)

गोकुल जोशी
असार १, २०७९ बुधबार १८:५३, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड बढीको बजेट ल्याएको छ। 

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले बुधबार प्रदेश सभामा अगामी आर्थिक वर्षको लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका छन्।

जसमा चालूतर्फ ३३.४६ प्रतिशत अर्थात १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार बजेट विनियोजन गरिएको छ। पुँजीगततर्फ ६५.७४ अर्थात् २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार बजेट विनियोजन गरिएको छ।

यस्तै, अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ३.७१ प्रतिशत अर्थात १ अर्ब ३६ करोड ४० लाख र वित्तीय व्यवस्थापनतर्फ ०.८२ प्रतिशत अर्थात ३० करोड बजेट विनियोजन गरिएको छ। 

चालू आर्थिक वर्ष २०७८/०७९ भन्दा आगामी आर्थिक वर्षको बजेटको आकार बढेको  छ। आर्थिक वर्ष २०७८/०७९ मा सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट ल्याएको थियो। 

यस्तो छ पूर्णपाठ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .