NepalKhabar NepalKhabar

कारोबार


प्रसारण लाइन मर्मत गर्न तीन विद्युत् आयोजना बन्द

प्रसारण लाइन मर्मत गर्न तीन विद्युत् आयोजना बन्द

रासस
जेठ २९ , काठमाडौँ

गत वर्षको बाढी-पहिरोका कारण असर परेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइनमा नयाँ निर्मित टावरबाट तार टाँग्न केही जलविद्युत् आयोजनाको बिजुली उत्पादन बन्द गरिएको छ।

प्रसारण लाइन मर्मतका लागि प्राधिकरणले  लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युत् गृहबाट आइतवार दिनभर बिजुली उत्पादन बन्द गरेको हो।  

ती विद्युतगृहमा आइतवार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उत्पादन बन्द गरिनेछ।

गत वर्षको १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको प्राधिकरणले जनाएको छ। 

प्रसारण लाइन बन्द भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत् उत्पादन स्वतः बन्द हुने छ।

पहिराले मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइनअन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो। 

प्राधिकरणले आपतकालीन पुनःस्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्ष २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो।

अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ। आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ। 

यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ। यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युत् गृहबाट उत्पादित विद्युत् पनि बन्द हुने छ।

वैकल्पिक व्यवस्थाबाट बिजुली
करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत् आपूर्ति गर्ने छ। 

आइतबार मध्य मर्स्याङ्दीबाट विद्युत् उत्पादन बन्द हुने भएपछि अरु दिनको तुलनामा भारततर्फ पनि विद्युत् निर्यात कम हुने छ। आज आइतबार  करिब साढे २०० मेगावाट मात्रै विद्युत् निर्यात हुने छ। 

जेठ २९, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.