बैंक अफ काठमाण्डू लिमिटेड र अन्नपूर्ण केबल कार प्रालिबीच व्यावसायिक सम्झौता भएको छ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड स्वाइप तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिदपश्चात् भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ।
पर्यटकीय नगरी पोखरामा रहेको यस अन्नपूर्ण केबल कार प्रालिले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्वपूर्ण योगदान गर्दै आइरहेको जनाएको छ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९२ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।
Shares

प्रतिक्रिया