गायिका इन्दिरा जोशीले आफ्ना प्रेमीसँग इन्गेज्मेन्ट गरेको लामो समय भइसक्यो।
इन्गेज्मेन्ट र उनका प्रेमीले राखेको प्रेम प्रस्ताव एकताका निकै चर्चित बन्यो।
उनका प्रेमी सरद केडाइले प्रेम प्रस्तावका लागि नै हेलिकप्टरमा लगेका थिए।
त्यसपछि इन्गेज्मेन्ट गरेकी इन्दिराले विवाहको तयारी गरेकी छिन्।
इन्दिरा र सरदको विवाह अघि गरिने मेहेन्दीको फोटो सार्वजनिक भएको छ।
सार्वजनिक तस्बिरमा इन्दिरा र सरद दुवै खुशी देखिएका छन्।
543
Shares

प्रतिक्रिया