कारोबार


पूर्वका उद्योगीसँग अर्थमन्त्रीले  भने– व्यवसायीलाई अप्ठ्यारो पार्ने हाम्रो उद्देश्य होइन

पूर्वका उद्योगीसँग अर्थमन्त्रीले  भने– व्यवसायीलाई अप्ठ्यारो पार्ने हाम्रो उद्देश्य होइन

नेपालखबर
जेठ २७, २०७९ शुक्रबार १६:५९, काठमाडौँ

 अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पूर्वका उद्योगी, व्यवसायीसँग भेट गरेका छन् । 

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष ०७९–८० को बजेटले वायर, घ्यू तेल र स्यानिटरी उद्योगमा पारेको प्रभावबारे अर्थमन्त्री शर्मासमक्ष गुनासो राखेका थिए। 

त्यसक्रममा अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुकभित्रै औद्योगीकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताए।

 ‘बजेटमार्फत हाम्रो उद्देश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन’, उनले भने,  ‘हाम्रो नीति त्यस्तो पनि छैन। सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ।’

आम महिला वर्गलाई राहत हुने गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको पाए समाधान निकाल्न तयार रहेको पनि उनले बताए। 

कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको दाबी गरे। छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नबिन रिजालले वायर, घिउ तेल तथा स्यानीटरी उद्योगमा बजेटले पारेको नकरात्मक प्रभावका विषयमा जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad