चालू आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स आगमन शून्य दशमलव दुई प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाखसम्मको तथ्यांकअनुसार सो दरमा वृद्धि भएर ८ खर्ब ११ अर्ब ७९ करोड रेमिट्यान्स भित्रिएको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ७८ हजार २९८ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४.० प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर ०.०१ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो।
Shares
प्रतिक्रिया