ad ad

कारोबार


चिनियाँ सामाजिक सञ्जालमा निलम्बित भए इलोन मस्कका चिनियाँ ‘दुप्लिकेट’!

चिनियाँ सामाजिक सञ्जालमा निलम्बित भए इलोन मस्कका चिनियाँ ‘दुप्लिकेट’!

इलोन मस्क र उनीजस्तै अनुहारका चिनियाँ यिलङ मा (बायाँ)


नेपालखबर
जेठ ६, २०७९ शुक्रबार १६:३८, काठमाडौँ

अर्बपति इलोन मस्कजस्तै देखिने एक चिनियाँ व्यक्तिको सामाजिक सञ्जाल निलम्बन गरिएको छ। 

चिनियाँ भर्सनका टिकटक र ट्विटरबाट उनी निलम्बित भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। 

निलम्बित व्यक्ति यिलङ मा रहेका छन्। चिनियाँ भर्सनको टिकटक डाउयिनमा रहेको माको पेज निष्क्रिय पारिएको छ। त्यहाँ कन्टेन्टमाथि कडाइ गरिएको छ। 

प्लेटफर्मको नीति उल्लंघन गरिएको भन्दै उनको पेजमा कडाइ गरिएको छ। चीनको ट्विटर मानिने वेइबोको पेजमा पनि मालाई कडाइ गरिएको छ। 

डाउयिन र वेइबोको मातृकम्पनी बाइटीडान्स र टेन्सेन्टले यसबारे प्रतिक्रिया नदिएको बताइएको छ। माले पनि यसबारे प्रतिक्रिया दिएका छैनन्। 

अन्तर्राष्ट्रिय भर्सनको टिकटकमा रहेको माको पेजमा उनले इलोङ मस्क युजरनेम राखेका छन्। यो पेजचाहिँ सक्रिय नै छ। 

माका टिकटकमा २ लाख ३९ हजार फलोअर छन्। त्यसमा उनले राखेका भिडिओहरुमा ३९ लाख लाइक गरिएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .