नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन आज पनि हेर्दाहेदैमा परेको छ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा उक्त मुद्दामाथि दुवै पक्षका कानुन व्यवसायीहरु बोलाएर आजका लागि सुनुवाइ सारिए पनि फेरि हेर्दाहेर्दैमा परेको हो।
अब शुक्रबार उक्त रिटमा सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले नेपालखबरलाई जानकारी दिए।
सरकारले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। सोविरुद्ध गभर्नर अधिकारीले अदालतमा रिट निवेदन दायर गरेका हुन्।
सरकारले गभर्नर अधिकारीलाई चैत २५ गते निलम्बन गरेको थियो।
तर सर्वोच्च अदालतले वैशाख ७ गते अल्पकालीन अन्तरिम आदेश दिँदै काममा फर्काएको थियो। अल्पकालीन आदेशसँगै अधिकारी भोलिपल्टै कार्यालयमा हाजिर भएका थिए।
तर त्यो आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने अब भोलिमात्रै टुंगो लाग्नेछ।
Shares

प्रतिक्रिया