ad ad

कारोबार


जनकपुर उडेको बुद्धको जहाज आकाशबाटै काठमाडौं फर्कियो

जनकपुर उडेको बुद्धको जहाज आकाशबाटै काठमाडौं फर्कियो

शैलेन्द्र महतो
चैत २४, २०७८ बिहिबार २०:५०, जनकपुरधाम

काठमाडौंबाट जनकपुर उडेको बुद्ध एयरको जहाज बिहीबार अवतरण नै नगरी काठमाडौं फर्किएको छ।

बिहीबार दिउँसो २ः१० मा काठमाडौंबाट जनकपुर उडान गरेको जहाज अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको हो।

जहाजमा समस्या आएपछि यात्रुहरु भने आतंकित भएका थिए।

इन्जिनमा समस्या भएपछि आकाशबाटै फर्किएर काठमाडौंमा अवतरण भएकाे एक यात्रुले बताए। उनका अनुसार काठमाडौं फर्किने बेला यात्रुहरु भने अतालिएका थिए।

काठमाडौंमा जहाज सुरक्षित अवतरण भएको बताइएको छ।

यता बुद्ध एयर जनकपुरका प्रमुख विजय सिंहले बाटोमै मौसममा खराबी आएको कारण फर्किएको बताए।

यात्रीहरुलाई प्राविधिक जानकारीको कमीले इन्जिन खराब भएको विषय भनेको हुन सक्ने उनको भनाइ छ।

यद्यपी जहाज फर्कने बेलामा जहाजका कर्मचारीले इन्जिनमा खराबी भएकाले काठमाडाैं फर्कनुपरेकाे बताएका यात्रुकाे भनाई छ। 

काठमाडाैं अवतरण गरेपछि अर्काे जहाजले यात्रुलाई फेरि जनकपुर लगेकाे थियाे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .