ad ad

कारोबार


अर्घाखाँची सिमेन्टले टीभीसी अवधारणा प्रतियोगिता गर्ने

अर्घाखाँची सिमेन्टले टीभीसी अवधारणा प्रतियोगिता गर्ने

नेपालखबर
मंसिर २, २०७६ सोमबार ५:२९,

देशकै उत्कृष्टमध्येको एक अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन)को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ।

कम्पनीले टेलिभिजन च्यानलमा बजाउनको लागि सर्वसाधारणबाट आवश्यक कमर्सियलको लागि अवधारणा हासिल गर्ने लक्ष्य राखी यस प्रतियोगिताको आयोजना गरेको जनाएको छ।

कसरी सहभागी हुने ?
प्रतियोगितामा सहभागी हुन इच्छुक सर्वसाधारणले आ–आफ्नो नविन, रोचक तथा मौलिक अवधारणा कम्पनीको इमेलमा पठाउनुपर्नेछ। यसरी पठाइएको अवधारणामध्ये उत्कृष्ट एक अवधारणा पठाउने सर्जकलाई ५० हजार रूपैयाँबराबरको नगद पुरस्कारद्वारा सम्मान गरिने कम्पनीले जनाएको छ।

इच्छुक सर्वसाधारणा सर्जकहरुले यहि मंसिर १५ गतेभित्र अवधारणा पठाइसक्नुपर्ने कम्पनीले जनाएको छ। तथापि, यस प्रतियोगितामा रचनात्मक क्षेत्रमा काम गर्ने कम्पनी, विज्ञापन एजेन्सी वा नेपाल सरकारमा दर्ता भएका कुनै पनि संघसंस्थालाई समावेश नगरी मात्र आम सर्वसाधारणलाई सहभागी गराइनेछ ।

‘सर्वसाधारण नागरिक, आमउपभोक्ता एवं साहित्य सृजना तथा रचनात्मक क्षेत्रमा काम गरिरहेका सर्जकहरुसँग सहकार्य गरी उनीहरुको रचनालाई सम्मान गर्ने उद्देश्यका साथ यस प्रतियोगिताको आयोजना गरिएको हो’, कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले भने ।

प्रतियोगितामा सहभागी हुन इच्छुकहरुले अवधारणा पठाउँदा निम्न शर्त तथा बन्देजहरुको अधीनमा रहनुपर्ने कम्पनीले जनाएको छ:

१) सबैभन्दा पहिले अर्घाखाँची सिमेन्टको आधिकारीक फेसबुक पेज लाइक र फलो गरी इमेलमा आफ्नो अवधारणा पठाउनुपर्नेछ। यसरी अवधारणा पठाउने ब्यक्तिले इमेलमा आफ्नो नाम, ठेगाना, मोबाइल नम्बर तथा नागरिकता, राहदानी वा अन्य कुनै परिचयपत्रको छायाँप्रति स्पष्टसँग संलग्न गराउनुपर्नेछ ।

२) पठाइने अवधारणा कहिँकतैको कुनै पनि टिभीसीसँग कुनै पनि किसिमले मिलेको पाइएमा सो अवधारणा स्वत निलम्बित हुनेछ । यसरी पठाइने अवधारणा कहिँकतै कसैको टिभीसीबाट प्रभावित भएको, पुनः प्रशोधन गरिएको वा अन्य अवधारणाको मर्म वा विषयबस्तुलाई नयाँ तरिकाले पुनर्निमाण गरिएको पाइएमा सो अवधारणालार्ई प्रतियोगितामा सामेल गराइनेछैन ।

३) अवधारणा गीतसंगीत, संवाद, क्रियाकलाप वा अन्य जुनसुकै स्वरुपमा भएपनि मान्य हुनेछ तर सो अवधारणामा सर्जकको श्रृजनशिलता, मौलिकता तथा नविनता झल्केको हुनुपर्नेछ ।

४) कम्पनीले प्राप्त गरेको टिभीसी अवधारणाहरुमध्ये कुनै एक अवधारणालाई उत्कृष्ट घोषणा गरी सोको सर्जकलाई कम्पनीले पचास हजार रुपैँया नगद पुरष्कारले सम्मानीत गर्नेछ । यसरी प्रदान गरिने नगर पुरस्कारमा नेपाल सरकारको नियमबमोजिम लाग्ने कर लाग्नेछ ।

५) अवधारणाअनुसार यस कम्पनीले बनाउने टिभीसीमाथि यसै कम्पनीको मात्रै एकल स्वामित्व वा अधिकार रहनेछ।

६) यस प्रतियोगिताअन्तर्गत कम्पनीले प्राप्त गरेर चयन नगरेको अन्य अवधारणाहरुमाथि तत्तत् सर्जकहरुको अधिकार निरन्तर रहनेछ भने सो अवधारणाहरुमध्ये कम्पनीले कुनै अवधारणा लिन वा अपनाउन चाहेमा सम्बन्धीत सर्जकसँगको सहमतीमा मात्र लिनेछ ।

७) यस प्रतियोगितामा सहभागी हुन चाहनेले यहि मंसिर १ देखि मंसिर १५ गतेको साँझ ५ बजेसम्म आफ्नो अवधारणा पठाइसक्नुपर्नेछ ।

८) कम्पनीले अन्तत बनाउने टिभीसी कम्तीमा ४० सेकेण्ड र बढीमा ६० सेकेन्डको हुनेहुनाले सोही अनुसारको अवधारणाहरु मात्रै मान्य हुनेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .