ad ad

कारोबार


भूकम्प पीडितलाई भारतको तीन अर्ब १० करोड सहुलियत ऋण

भूकम्प पीडितलाई भारतको तीन अर्ब १० करोड सहुलियत ऋण

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार १२:२०,

भारत सरकारले भूकम्प पीडितको लागि तीन अर्ब १० करोड रुपैयाँ सहुलियत ऋण प्रदान गरेको छ।

भारतीय निर्यात-आयात बैंक (एक्जिम) ले नुवाकोट र गोर्खा जिल्लामा आवास निर्माणका लागि भारत सरकारले प्रदान गरेको तेस्रो किस्ताको शोधभर्नाका लागि सहुलियत ऋण व्यवस्था मार्फत ३ अर्ब १० करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

भारतीय राजदूतावासका अनुसार नुवाकोट तथा गोर्खा जिल्लाका ५० हजार निजी घर पुनर्निर्माणका लागि एक्जिम बैंकले ऋण व्यवस्था मार्फत ५० मिलियन अमेरीकी डलर उपलब्ध गराउने वाचा गरेको थियो। यसका अतिरिक्त भारतले यी घरहरुको निर्माणका लागि अनुदान स्वरुप १०० मिलियन अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो।

2_19.jpg

भारतले हालसम्म घरधनीहरुलाई पहिलो र दोस्रो किस्ता गरी ६ अर्ब ९६ करोड रुपैयाँ अर्थात ६९.६ मिलियन अमेरीकी डलर प्रदान गरिसकेको छ। घरधनीहरुलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप भूकम्प प्रतिरोधी घर निर्माण गर्न प्रोत्साहन गर्नका लागि भारत सरकारले सामाजिक–प्राविधिक सहजीकरणको सुविधा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .