कारोबार


भिभोको भी२३ई स्मार्टफोन नेपालमा बिक्री सुरु, मूल्य कति?

भिभोको भी२३ई स्मार्टफोन नेपालमा बिक्री सुरु, मूल्य कति?

नेपालखबर
माघ ११, २०७८ मंगलबार १४:३१, काठमाडौँ

भिभोले आफ्नो भी सिरिजको पछिल्लो संस्करण भी२३ई नेपाली बजारमा बिक्री सुरु गरेको छ। 

भिभोले उक्त स्मार्टफोन प्रि–बूकिङका लागि उपलब्ध गराइएको ४८ घण्टाभित्र १ सयभन्दा बढी सेटहरु प्रि–बूक गरिएको बताएको छ।

भिभो भी२३ई एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट तथा मल्टि–स्टाइल पोर्ट्रेटसहितका थुप्रै पोर्ट्रेट मोडयुक्त ५० मेगापिक्सेल अटोफोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरा फिचर भएको स्टेलर इनोभेशन सहित आएको छ।  

सबैखाले अवस्थामा स्पष्ट सेल्फी लिनका लागि एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट तथा मल्टि–स्टाइल पोर्ट्रेट मोड रहेको ५० मेगापिक्सेलको अटोफोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त नयाँ भी२३ई सेल्फीका पारखीहरुका लागि वरदान सावित भएको कम्पनीको दाबी छ।

यसले डबल एक्सपोजर मोड, अपग्रेड गरिएको डुअल–भ्यू भिडिओ तथा स्टेडिफेस सेल्फी भिडिओका माध्यमबाट फोटो तथा भिडिओ खिच्ने अनुभव (शूटिङ एक्सपिरियन्स) मा अझ सुधार ल्याउँछ। 

रातको समयमा फोटो तथा भिडिओ खिच्न शौखिनहरुका लागि यसमा पछाडिपट्टि ६४ मेगापिक्सेलको नाइट क्यामरा दिइएको छ। भी२३ई एक्स्टेन्डेड र्‍याम २.० प्रविधिसहित आएको छ जसका कारण ८ जीबी र्‍याम बाहेक आवश्यकता परेको बेला आन्तरिक स्टोरेजको ४ जीबीलाई पनि र्‍यामका रुपमा प्रयोग गर्न सकिन्छ। यसले र्‍यामसँग सम्बन्धित चिन्ता हटाएर स्मार्टफोन चलाउँदा कुनै प्रकारको सुस्तताको अनुभव हुन दिँदैन।

जम्मा ७.३६ मिलिमिटर मोटाई रहेको भी२३ई एकदम पातलो र हलुका रहेको छ भने यसमा प्रयोग गरिएको एन्टि–ग्लेयर ग्लासले फोन चलाउँदा निकै रेशमी स्पर्शको अनुभव प्रदान गर्छ।

उपभोक्तालाई उत्कृष्ट प्राविधिक उन्नति तथा प्रयोगकर्ता–केन्द्रित इनोभेशन प्रदान गर्न यो डिभाइसमा फनटचओएस १२ अपरेटिङ सिस्टम राखिएको छ। 

आफ्ना उपभोक्तालाई स्मार्टफोनमा अझ बढी काम गर्न तथा उन्नत स्तरको अनुभव लिन सशक्त बनाउने भिभोको विरासतलाई निरन्तरता दिँदै यो डिभाइसमा ४४ वाटको फ्ल्याशचार्ज फिचर समावेश गरिएको छ जसले उपभोक्ताको सबै दैनिक आवश्यकताका लागि अविच्छिन्न प्रयोग सुनिश्चित गर्दछ। 

भिभो भी२३ई ले उत्कृष्ट सेल्फी फोटोग्राफी अनुभव प्रदान गर्ने तथा सेल्फीका पारखीहरुको आवश्यकता पूर्ति गर्ने भएकाले यसलाई नेपाली स्मार्टफोन बजारमा गेमचेञ्जर डिभाइसका रुपमा लिन सकिन्छ।

शक्तिशाली पर्फर्मेन्स तथा पातलो र स्टाइलिश डिजाइनयुक्त भिभो भी२३ई मा प्राविधिक उन्नति तथा फेशनेबल स्टाइलको सम्मिश्रण रहेकाले यसले दुवै क्षेत्रको उत्कृष्ट अनुभव प्रदान गर्दछ।
 

मूनलाइट श्याडो तथा सनशाइन कोस्ट गरी दुई रंग संयोजनमा उपलब्ध भी२३ई नेपालमा गत जनवरी १८ मा सार्वजनिक भएको थियो भने आजदेखि यो डिभाइस रु. ४४ हजार ९९९ (८ जीबी र्याम) १२८ जीबी स्टोरेज) तथा रु. ४९ हजार ९९९ (८ जीबी र्याम/२५६ जीबी स्टोरेज) मा खरिदका लागि उपलब्ध भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad