ad ad

कारोबार


भारतीय व्यवसायीहरूविरुद्ध ११ करोड बिगो दाबीसहित मुद्दा दायर

भारतीय व्यवसायीहरूविरुद्ध ११ करोड बिगो दाबीसहित मुद्दा दायर

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ७:३३,

राजस्व अनुसन्धान विभागले तीन जना भारतीय व्यवसायीहरुविरुद्ध ११ करोड १९ लाख ८४ हजार १ सय ६४ रुपैयाँ राजस्व चुहावट गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

विभागले झूठो तथा नक्कली बीजक प्रयोग गर्ने हस्पी केयर इन्टरनेशनल र श्याम ट्रेडर्स त्रिपुरेश्वरले राजस्व छली गरेको भन्दै सोमबार मुद्दा दर्ता गरेको हो। राजस्व छलीमा संलग्न मुख्य व्यक्ति केशव वंशल भारतीय नागरिक हुन्।

उनले राजस्व छलीको रकमबाट घरजग्गा र सवारीसाधनहरु खरिदबिक्री गर्ने गरेका थिए। अन्य दुई जनामा फर्मका प्रोपाइटर रामसुन्दर रायभर र श्याम ट्रेडर्सका प्रोपाइटर राकेश पाण्डेय पनि छन्। विभागले उनीहरुविरुद्ध दोब्बर बिगो मागदाबी र तीन वर्षको जेल सजाय माग गरेको छ। वंशलविरुद्ध छानबिन गर्नको लागि विभागले सम्पत्ति शुद्धीकरण विभागलाई समेत अनुसन्धानका लागि पत्र पठाएको छ।

उनीहरुले मूल्यअभिवृद्धि करतर्फ ३ करोड १२ लाख १९ हजार ९ सय ५९ रुपैयाँ र आयकरतर्फ ८ करोड ७ लाख ६४ हजार २ सय ५ रुपैयाँ कर छली गरेको विभागले दायर गरेको मुद्दामा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .