समाज


अस्ट्रेलिया आगलागी नियन्त्रणमा खटेकी गर्भवती महिला

अस्ट्रेलिया आगलागी नियन्त्रणमा खटेकी गर्भवती महिला

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ७:२४,

अस्ट्रेलियामा ६ दिनयता भीषण आगलागी जारी छ। उनलाई आगलागी नियन्त्रणमा जान बाध्य पारिएको छैन्।

तर उनी पहिलो दिनदेखि आगलागी नियन्त्रणमा खटेकी छिन्। बाक्लो झाडीमा लागेको आगलागीको कारण त्यहाँको न्यु साउथ वेल्स र क्विन्सल्यान्ड राज्यमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ।

हालसम्म आगलागीका कारण ३ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ।

उनका साथी तथा आफन्तहरुले उनलाई गर्भवती भएका कारण आगलागी नियन्त्रणमा नखट्न सुझाव दिएका छन्। तर उनी आगलागी नियन्त्रण समाजसेवा हो भन्दै आगो नियन्त्रणमा तल्लिन छिन्।

हालै उनले इन्स्टाग्राममा एक पोस्ट गरिन्। उक्त पोस्ट उनलाई आगलागी नियन्त्रणमा नजाउ भनेर सुझाव दिनेहरुप्रति लक्षित छ।

पोस्टको क्याप्सनमा भनिएको छ,‘बस पछाडि रहनुहोस्।’ उनले आफ्नो काममा बाधा नपुर्याउन अनुरोध गरेकी हुन्।

विलियम्स न्यु साउथ वेल्सको रुरल फायर सर्भिसमा ११ वर्षदेखि स्वयंसेवक अग्नि नियन्त्रकको रुपमा आवद्ध छिन्।

‘म पहिलो गर्भवती अग्नि नियन्त्रक होइन र अन्तिम हुनेछैन।’ बीबीसीसँग उनले भनिन्,‘म जबसम्म सक्छु तबसम्म सहयोग गर्छु।’

उनले इन्स्टा पोस्टमा भनेकी छिन्,‘म अग्नि नियन्त्रक हो। म पुरुष होइन। हो म गर्भवती छु। तपाइँलाई यो मन पर्दैन भने म त्यसमा ध्यान दिन्न।’

विलियम्सका पति पनि अग्नि नियन्त्रक हुन्। उनी भन्छिन्,‘मेरा सन्तानले पनि यस कार्यलाई पछ्याउन भन्ने म चाहन्छु।’

६ दिनयता जारी आगलागीका कारण अस्ट्रेलियाका २ सय घर पूर्णरुपमा नष्ट भएका छन्। हजारौं मानिसहरु विस्थापित भएका छन्।

Image result for australia fire

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .