ad ad

कारोबार


पूरै बिक्यो नेपाली ब्रान्ड यात्रीको पी–वान मोटरसाइकल, मार्चबाट डेलिभरी सुरु हुने

पूरै बिक्यो नेपाली ब्रान्ड यात्रीको पी–वान मोटरसाइकल, मार्चबाट डेलिभरी सुरु हुने

यात्री पी१।


नेपालखबर
माघ १०, २०७८ सोमबार १६:५३, काठमाडौँ

नेपाली ब्रान्ड यात्रीको पी–वान मोटरसाइकल ‘सोल्ड आउट’ अर्थात् पूरै बिक्री भएको छ। 

नेपाली युवाको डिजाइनमा बनेको यात्री ब्रान्डको पी–वान सोल्ड आउट भएसँगै बुकिङ बन्द भएको कम्पनीले जनाएको छ। 

अहिले बुकिङ भएका मोटरसाइकल सन् २०२२ को पहिलो त्रैमासिकको अन्तिम अर्थात मार्चबाट डेलिभरी सुरु हुने संस्थापक असिम पाण्डेले जानकारी दिए। 

उनका अनुसार सेकेन्ड सिरिजको बुकिङ केही हप्तापछि मात्रै बुकिङ सुरु हुने र दोस्रो त्रैमासिकको मध्यबाट डेलिभरी सुरु हुनेछ। 

पहिलो सिरिजमा बाइक खरिद गर्नेले यात्री डीसी फास्ट चार्जिङ नेटवर्कमा लाइफटाइम फ्रि चार्जिङ सुविधा छ। 

यात्रीले आफ्नो फास्ट चार्जर समेत जडान गरिसकेको छ। कम्पनीले नेपालमा पहिलो फास्ट डिसी चार्जर भित्र्याएको पनि दाबी गरेको छ।   

मोटरसाइकलमा प्रयोग भएको लिथियम म्याग्नेसिस अक्साइड ब्याट्रीको लाइफ १ लाख २० हजार किलोमिटर हुने उल्लेख गरेको छ। 

नेपाली युवाले बनाएको यात्री मोटरसाइकलले २ वटा मोडल सार्वजनिक गरेको छ। कम्पनीले पी जिरो र पी वान मोडलका विद्युतीय मोटरसाइकल सार्वजनिक गरेको हो।

यात्रीले पी वानको मूल्य भने पी जिरोको तुलनामा धेरै कम राखेको छ। कम्पनीले पी वानलाई धेरै मानिससमक्ष पु¥याउने लक्ष्यका साथ काम गरिरहेको बताएको छ।

कम्पनीका संस्थापक असिम पाण्डे यात्री मोटरसाइकल इन हाउस डिजाइन भएको बताउँछन्।

कम्पनीका अनुसार १४ किलोवाट अर्थात् १९ हर्ष पावर पी वान एक पटकको चार्जमा ११० किमि गुड्न सक्छ। पी वान सामान्य चार्जिङबाट २ घण्टामा फुल चार्ज हुन्छ भने स्पिड चार्जरबाट ४० मिनेटमै फुल चार्ज हुन्छ।

मोटरसाइकलको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ भने टर्क ४८० एनएम जेनेरेट गर्छ। मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स ३२० एमएम र ब्याट्री ३ किलोवाट आवर क्षमतायुक्त छ।  

पी वानको सुरुवाती मूल्य ४ लाख ९५ हजार छ।

यात्री मोटरसाइकलले लिथियम आयनको ब्याट्री प्रयोग गरेको छ। लिथियम आयनमा पनि फरक–फरक रसायन प्रयोग गरिएको हुन्छ। पावर ट्रेनमा कुनै कम्प्रमाइज नहोस् भनेर उच्चस्तरको रसायन प्रयोग गरेको कम्पनीले जनाएको छ।

यात्रीका संस्थापक असिम पाण्डे आफ्नै कलमबाट डिजाइन गरिएको बताउँछन्। यात्री मोटरसाइकलमा लाइट, सफ्टवेयर नेपाली युवाहरुले नै बनाएका हुन्। 

पी वानमा ४ जी नेटवर्क र ब्लुटुथ दुवै रहेको छ। यात्रीको मोबाइल एम समेत छ। जसमा चार्जिङ स्टाटस, फास्ट चार्जर उपलब्धता, रुट प्लानिङ लगायतका सुविधा छन्। 

कम्पनीले २०२३ सम्म सबैले चढ्न सक्ने विद्युतीय मोटरसाइकल तथा स्कुटर निर्माण गर्ने उल्लेख गरेको छ। २०२३ सम्म नेपालको पहिलो स्मार्ट इलेक्ट्रिक स्कुटर, स्ट्रिट मोटरसाइकल सस्तो मूल्यमा उपलब्ध हुने जनाएको छ। 

कम्पनीले भविष्यमा चारपांग्रे गाडी निर्माण गर्ने लक्ष्य समेत राखेको छ। यात्रीले विद्युतीय भ्यान र बस उत्पादन गर्ने लक्ष्य राखेको उल्लेख गरेको छ। 

कम्पनीले गाडी मात्रै उत्पादन नभई चार्जिङ स्टेसन नेटवर्क समेत विस्तार गर्ने उल्लेख गरेको छ।  

कम्पनीले पी जिरो मोडललाई प्रिमियम बाइकको रुपमा सार्वजनिक गरेको थियो। कम्पनीले यसलाई व्यावसायिक उत्पादनभन्दा पनि ‘प्रुफ अफ कन्सेप्ट’को रुपमा सार्वजनिक गरेको थियो। 

पी जिरो मोडलको ६४ हर्ष पावर भएको मोटरसाइकलले ६५० एनएम टर्क जेनेरेट गर्छ। २०७६ मै टिजर सार्वनिक गरेको पी–जिरो मोडलमा ३० किलोवाटको मोटर छ। 

यात्री मोटरसाइकल एकपटक चार्ज गरेपछि २३० किमि गुड्न सक्ने कम्पनीले जनाएको छ। पी जिरो मोडलको मूल्य १९ लाख ४९ हजार रुपैयाँ रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .