नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारण सभा स्थागित भएको छ। आज बसेको स्थाई समितिको बैठकले कत्तिक २९ गते हुने भनिएको विशेष साधारण सभा स्थागित गरेको हो।
महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले विशेष साधारण सभा स्थागित भएको जानकारी दिए ।
महासंघले विधान संशोधन गर्नको लागि विशेष साधारण सभा बोलाएको थियो। वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने लगाएत ३५ बुँदा संशोधन गर्नुपर्ने पूर्व अध्यक्षको नेतृत्वमा गठन भएको विधान संशोधन समितिले प्रस्ताव पेश गरेको थियो।
शेखर गोल्छालाई अध्यक्ष बन्न नदिनको लागि विधान संशोधन गर्न लागिएको भन्दै महासंघ भित्र तिब्र असन्तुष्टि चुलिएको थियो। भवानी राणा, चण्डी राज ढकाल, शेखर गोल्छा र चन्द्र प्रसाद ढकालका बीच वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानलाई निरन्तर दिँदै बाँकी संशोधन प्रस्ताव नियमित साधारण सभामा प्रस्तुत हुने सहमति भएको बताइएको छ।
महासंघले ३ वर्ष अघि अध्यक्षको चुनाव धेरै खर्चिलो भयो, अस्थिर भयो भनेर अध्यक्षमा प्रत्यक्ष चुनाव नगर्ने व्यवस्था गरेको थियो।
प्रतिक्रिया