कारोबार


वृद्धावस्थाका राजस्थानीलाई निःशुल्क पशुपतिनाथसम्मको यात्रा

वृद्धावस्थाका राजस्थानीलाई निःशुल्क पशुपतिनाथसम्मको यात्रा

नेपालखबर
असार ६, २०७६ शुक्रबार ११:१७,

 भारतको राजस्थान सरकारले ज्येष्ठ नागरिकलाई वरिष्ठ नागरिक तीर्थयात्रा याेजनाअन्तर्गत निःशुल्क हवाई यात्रा गराएर पशुपतिनाथको दर्शन गराउने भएको छ।

राज्य सरकारले बिहीबार जारी गरेको विज्ञप्तिमा काठमाडौंसहित निःशुल्क भ्रमण गराउने अन्य स्थानमा उत्तराखण्डको देहरादुन र पश्चिम बंगालको कोलकोता रहेको उल्लेख छ। अशोक गोहलोत सरकारले यो निर्णयपछि जेष्ठ नागरिकको निःशुल्क हवाई भ्रमण गर्ने धार्मिक स्थलको संख्या आठ पुगेको छ।

पशुपतिनाथका दर्शन गर्न आउने जेष्ठ नागरिकले काठमाडौंका टिकट निःशुल्क पाउनेछन्। त्यसैगरी गंगासागर–दक्षिणेश्वर काली–भेलुर मठ जानेले कोलकोताको टिकट निःशुल्क पाउने राज्य सरकारको विज्ञप्तिमा उल्लेख छ ।

rajasthaniiii

उत्तराखण्डका तीर्थ यात्रा गर्नेहरुले देहरादुनका हवाई यात्रा निःशुल्क गर्न पाउनेछन् । त्यसपछि उनीहरुले बस सुविधा पाउने छन् । निःशुल्क हवाई यात्राका सुविधा पाँच हजार जेष्ठ नागरिकले पाउने राजस्थान सरकारले जनाएको छ।

त्यसैगरी निःशुल्क रेलका यात्रा गर्नेहरुको समेत नयाँ रुट थपिएको श्रीगोविन्दधाम–नन्दगाउ–वनारस–मथुरा–वृन्दावन र अजमेयर(अजमेय सरिफ)–दिल्ली(शेख निजामुद्दिन औलिया), फतेहपुर–सिक्री–आग्रा(शेख सलिम चिस्मी दर्गा) रहेको विज्ञप्तिमा जनाइएको छ ।

असार २० गतेबाट अनलाइनबाट आवेदन गर्न सकिने राजस्थान सरकारले जनाएको छ। राजस्थान राज्यका पर्यटन तथा देवस्थल मन्त्री विश्वेन्द्र सिंहको अध्यक्षतामा बसेको राज्यस्तरका समितिको बैठकले निर्णय गरेको हो।

गंगासागर–दक्षिणेश्वर–काली–वेलूर मठ–कोलकोता सर्किटको यात्रीले कोलकातासम्मका हवाई टिकट पाउने र त्यसपछि बस सुविधा पाउनेछन्। देहरादुन–हरिद्वार–ऋषिकेष सर्किटका तीर्थ यात्रीले देहरादूनसम्मका हवाई टिकट पाउनेछ भने त्यसपछि बस सुविधा पाउने राजस्थान सरकारले जनाएको छ। यो वर्ष तीन नयाँ सर्किट थप गर्दै निःशुल्क हवाई तीर्थयात्रा गर्ने पाउने सर्किट नौ पुगेको छ। पूर्वसरकारी कर्मचारीले पनि यो सुविधा पाउने राजस्थान सरकारले जनाएको छ।

राजस्थान सरकारले हवाइ तथा रेल यात्रा दुवैमा यस्तो सुविधा दिने जनाएको छ । जसको व्यवस्थापनका लागि राज्य सरकारले छुट्टै कक्षका स्थापना गर्ने जनाएको छ । त्यसैगरी तीर्थ यात्री तथा उनीहरुसँगै भ्रमण जाने सरकारी अधिकारीहरुको ह्वाट्स एप ग्रुप पनि बनाउने जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .