ad ad

कारोबार


‘हुवावे कनेक्ट’ वर्ष २०२१ : नेपालमा प्रविधि विस्तारदेखि सामाजिक उत्तरदायित्व वहनसम्म

‘५ वर्षमा १० हजार डिजिटल प्रतिभा विकास गर्ने लक्ष्य’
‘हुवावे कनेक्ट’ वर्ष २०२१ : नेपालमा प्रविधि विस्तारदेखि सामाजिक उत्तरदायित्व वहनसम्म

वसन्त अर्याल
पुस १६, २०७८ शुक्रबार १८:५३, काठमाडौँ

सन् २०२१ पनि कोरोना महामारीकै परिधिमा घुमिरह्यो। कोरोना भाइरसको नयाँ भेरिएन्ट विकास हुने क्रम चलिरहँदा सुरुमा विश्वभर लकडाउन भयो। सरकारी होस् वा व्यक्तिगत, लकडाउनको समयमा महत्वपूर्ण काम प्रविधिकै माध्यमबाट भए। 

चाखलाग्दो कुरा त महामारीको समय भए पनि प्रविधिको सहायतामा विद्यालय, कलेजदेखि अफिस, अनलाइन सपिङ, छलफल तथा अन्तर्क्रिया रोकिएनन्। 

यसका लागि प्रविधि कम्पनी हुवावेको ठूलै योगदान रह्यो। अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हुवावेले महामारीमा पनि आफ्नो सेवा रोकेन। अन्यत्रजस्तै नेपालमा पनि महामारी अवधिभर कम्पनीले आफ्नो सेवा उपलब्ध गराइरह्यो। 

नेपालका प्रमुख दूरसञ्चार कम्पनीहरुलाई सेवा प्रदान गरिरहेको हुवावेले यो अवधिमा नेपालमा मोबाइल नेटवर्क मर्मतमा बितायो। नेटवर्कमा समस्या आउन दिएन। 

महामारीकै समयमा कम्पनीले ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तारलाई पनि जारी राख्यो। व्यावसायिक क्षेत्रलाई प्रविधिमैत्री बनाउन विभिन्न कम्पनीलाई सहयोग गर्यो। बैंक, एयरलाइन्स, डिजिटल मिडियालाई क्लाउड, डाटा सेन्टर निर्माणजस्ता व्यावसायिक कामलाई निरन्तरता दियो। 

नेपालमा कम्पनीले नै फोरजी विस्तारको जिम्मा लिएको छ। यो काम पनि निरन्तर भइरह्यो।  

यही अनवरत प्राविधिक काममार्फत पुर्याएको योगदानलाई सम्झिँदै नेपाल सरकारले राष्ट्रिय आईसीटी पुरस्कार २०२१ बाट हुवावेलाई सम्मानित गर्यो। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले निजी क्षेत्रमा उत्कृष्ट काम गरेबापत उक्त पुरस्कार हस्तान्तरण गरेका थिए।

राष्ट्रिय सूचना र सञ्चार प्रविधि दिवसको दिन ओलीले हुवावेजस्ता प्रविधि कम्पनीलाई नेपाल आईसीटी क्षेत्रमा गरेको प्रयास र योगदानको सह्राहना गर्दै भविष्यका कार्यहरु अझ प्रभावकारी बनाउन आग्रह गरेका थिए।

२०२१ मा के–के गर्यो त​ हुवावेले?

‘हुवावे कनेक्ट’को वर्ष 
हुवावेले २०२१ मा डिजिटल कनेक्टिभिटीमा आधारित वार्षिक औद्योगिक कार्यक्रम ल्यायो– ‘हुवावे कनेक्ट’।  

गत कात्तिक ३० (नोभेम्बर १६)मा आयोजित यस कार्यक्रमको मुख्य नारा नै ‘डाइभ इन्टु डिजिटल’ अर्थात् ‘अब डिजिटलतर्फ लम्कौँ’ भन्ने थियो। 

हुवावेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दूरसञ्चार तथा आईएसपी क्षेत्रका आईसीटी उद्योगका सरोकारवालाहरू, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका प्राध्यापकलगायतको सहभागितामा मोबाइल र फिक्स्ड ब्रोडब्यान्ड, डाटा सेन्टर, डिजिटल सोलार एनर्जी, क्लाउड सेवा र फाईभजीजस्ता प्रविधिहरूको व्यावहारिक पक्षहरूबारे गहन छलफल गराएको थियो। 

कार्यक्रममा हुवावे एसिया प्यासिफिकका उपाध्यक्ष तथा हुवावे नेपाल बोर्डका अध्यक्ष चाङ चङचुनले महामारीको अवधिमा विश्वभर डिजिटल प्रविधि र कनेक्टिभिटी आवश्यक भएको धारणा राखेका थिए।

हुवावेले उन्नत कनेक्टिभिटी र कम्प्युटिङले आर्थिक पुनरुत्थान र वृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेकाले डाटा सेन्टर हबको रूपमा नेपाल अघि बढ्ने उनको आशा थियो।

५ वर्षमा १० हजार डिजिटल प्रतिभाहरू विकास गर्ने लक्ष्य
हुवावेले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई)सँग औपचारिक रुपमा सहकार्य सुरु गरेको छ। 

आफ्नो डिजिटल ट्यालेन्ट डेभलपमेन्ट इकोसिस्टम पहलअन्तर्गत हुवावेले आगामी ५ वर्षमा १० हजार डिजिटल प्रतिभाहरू विकास गर्ने लक्ष्य राखेको छ। 

आईओईसँग सहकार्य गर्दै हुवावेले नेपाल आईसीटी एकेडेमी स्थापना गर्ने छ। कम्पनीले आईसीटी ल्याब निर्माण गर्नेछ। 

आईओईका सहायक डिन प्राडा चिन्तामणि पोखरेल र हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन्। 

सामाजिक उत्तरदायित्व वहन पनि सँगसँगै  
सन् २०२१ मा हुवावेले व्यावसायिकसँगै कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गतका पनि धेरै काम गर्न सफल रह्यो। महामारीको समय भएकाले कम्पनीले विभिन्न संस्थालाई स्वास्थ्य उपकरण प्रदान गर्यो। प्रविधि उद्योगलाई प्रवर्द्धन गर्न आईसीटी अवार्डलाई समेत सहयोग गर्यो।  

यसबाहेक कम्पनीले ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट इकोसिस्टम’को लागि ‘सिड्स फर द फ्युचर’  कार्यक्रम समेत सञ्चालन गरेको छ। विश्वभर प्रविधि सम्बन्धी अध्ययन गरिरहेका विद्यार्थीको क्षमता अभिवृद्धिको लागि ‘सिड्स फर द फ्युचर’ कार्यक्रम सञ्चालन गरेको हुवावेले जनाएको छ। कम्पनीले सन् २००८ मा थाइल्यान्डमा सुरु भएको ‘सिड्स फर द फ्युचर’ कार्यक्रम नेपालमा पहिलोपटक गरेको हो।

उक्त कार्यक्रममा आईसिटी पृष्ठ भूमिबाट १९ विद्यार्थीले भाग लिने अवसर पाए। हुवावेले १ महिनाको आवेदन माग गरी विद्यार्थी छनोट गरेको थियो। अक्टोबर ६ (असोज २०) देखि नोभेम्बर ७ (कात्तिक २१) को बीचमा १३६ जना विद्यार्थीले आवेदन दिएका थिए। 

जसबाट त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रो.डा शशिधरराम जोशी, प्रा.डा सुवर्ण शाक्य र प्रो. तिमिला यमी थापाले २० विद्यार्थी छनोट गरेका थिए। १ विद्यार्थी व्यक्तिगत कारणले उपस्थित हुन नसकेको हुवावेले जनाएको छ। 

हुवावेले विद्यार्थीलाई नेतृत्व क्षमता विकास र प्रविधि सिकाउनेबाहेक विभिन्न देशका विद्यार्थीलाई अनलाइन कक्षामार्फत सांस्कृतिक कार्यक्रम पनि गरायो। 

आठ दिने अनलाइन कक्षामा विद्यार्थीलाई डेटा र गोपनीयताबारे सिकाइएको थियो। यसबाहेक नयाँ प्रविधि फाइभजीबारे पनि जानकारी गराइएको थियो। 

यो कार्यक्रममा हुवावेले विद्यार्थीलाई कलेजमा अध्ययन गर्ने विषयबाहेक फाइभजी, क्लाउड कम्प्युटिङ, एआईसम्बन्धी तालिम दिएको छ। त्यसबाहेक अटोनोमस भेहिकल, रोबोटिक्स, क्लाउड कम्प्युटिङबारे विज्ञमार्फत सिकाइएको थियो।  

सहभागी विद्यार्थीले कार्यक्रममा सिकाइएका विभिन्न कोर्समध्ये मिडल सर्भर, हाई सर्भर, पावर स्टेसन, सोलार प्यानल, स्मार्ट सिटीमा प्रविधिसम्बन्धी ज्ञान पनि प्राप्त गर्ने अवसर पाएका थिए।

हुवावेले विद्यार्थीलाई अनलाइन कक्षा मात्रै होइन ‘फिल्ड भिजिट’ नै गराएर घरमा इन्टरनेट कसरी पुग्छ, ग्रामीण क्षेत्रमा फोरजी टावरले कसरी काम गर्छ भनेर कास्कीको घान्द्रुक लगेको थियो। 

उक्त कार्यक्रममा सहभागी विद्यार्थीले विश्व प्रतिस्पर्धा हुने टेकफरगुडमा भाग लिन पाउने हुवावेले जनाएको छ। जहाँ २० हजार डलरसम्म पुरस्कार जित्न सक्नेछन्। 

टेकफरगुडमा सहभागी विद्यार्थीले प्रविधिको माध्यमबाट समाज र वातावरणमा के फाइदा पु¥याउन सकिन्छ भन्ने परिकल्पना प्रस्तुत गर्नेछन्। 

‘सिड्स फर फ्युचर’ कार्यक्रममा सहभागी नेपाली विद्यार्थीले टेकफर गुडको लागि २ वटा समूह बनाएर प्रविधिमार्फत समाजमा के राम्रो गर्न सकिन्छ भन्ने प्रोजेक्ट समेत बनाएका छन्।​

आईसीटी अवार्डका फाइनलिस्टलाई हुवावे क्लाउड
नेपालमा प्रविधि क्षेत्रलाई प्रवर्द्धनका लागि हुवावेले अनवरत प्रयत्नहरु गरिरहेको छ। यही सिलसिलामा कम्पनीले ज्ञान बाँड्नेदेखि हौसला बढाउनेसम्मका काम गरेको छ। 

हुवावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का फाइनलिस्टलाई कम्पनीले हुवावे क्लाउड दिएर गरेको सम्मान यसैको उदाहरण हो। डिसेम्बर १७ (पुस २) मा हुवावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई कम्पनीले पुरस्कृत गरेको थियो। 

विधाको विजेता खेती भेन्चर प्रालिलाई ३ हजार डलरबराबरको र त्यही विधाका अन्य फाइनलिस्टहरूलाई ५०० डलरबराबरको हुवावे क्लाउड पुरस्कार प्रदान गरिएको थियो। 

‘नेपालमा स्टार्टअपको वृद्धि भएको देख्दा हामी धेरै खुसी छौँ। हुवावेले नेपाली स्टार्टअपहरूलाई प्रवर्द्धन गर्न मिहिनेतका साथ काम गरिरहेको छ,’ हुवावे क्लाउड नेपालका प्रमुख इभान मो भन्छन्, ‘हुवावे क्लाउड सेवा अब सबै आकारका नेपाली स्टार्टअपहरूलाई समर्थन गर्न पूर्ण रूपमा सक्षम छ।’

यी सबैको लागि सरकारले समेत कम्पनीको योगदानको कदर गरिरहेको छ। डिसेम्बर १७ (पुस २) मा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङलाई आईसीटी अवार्डलाई हुवावले निरन्तर सहायता पुर्याइरहेकोमा प्रशंसापत्र समेत हस्तान्तरण गरेका थिए।  

२१ वर्षदेखि नेपालको प्रविधि क्षेत्रलाई सघाउँदै हुवावे 
नेपालको प्रविधि क्षेत्रले कम्पनीबाट लामो समयदेखि साथ र सहयोग पाउँदै आएको छ। हुवावे र नेपालको प्रविधि क्षेत्रबीचको यस्तो सम्बन्ध २१ वर्षदेखि निरन्तर चलिरहेको छ।  

परिणामतः हुवावेका नवीनतम प्रविधि र सोलुसनको समर्थनले नेपालमा आईएसपीहरू बढ्दै गएका छन्। हुवावे आफ्नो इन्नोभेटिभ उत्पादनहरू र सोलुसनहरूसहित नेपालमा रहेका सबै आईसीटी उद्योगलाई सहयोग गरिरहेको छ। 

हुवावेले नेपालमा टेलिकम अपरेटरहरुसँगको संयुक्त प्रयासबाट २जी/३जी/४जी प्रविधि ल्याइसकेको छ भने देशभर हिमालदेखि तराईसम्म कनेक्टिभिटी पु¥याएको छ।

कनेक्टिभिटी निर्माणको अलावा हुवावेको आईसीटी प्रविधि र इकोसिस्टमले सरकारबाट वित्तीय संस्था, एयरलाइन्स, इन्टरनेट सेवा प्रदायक, मिडिया आदिमा विभिन्न क्षेत्रका संस्थाहरूलाई सहयोग गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .