ad ad

कारोबार


पुराना गाडी व्यापारमा ‘अग्नी आस्था’ : डिजिटल भ्यालुएसन, फाइनान्स र ‘आफ्टर सेल्स’ सुविधा

पुराना गाडी व्यापारमा ‘अग्नी आस्था’ : डिजिटल भ्यालुएसन, फाइनान्स र ‘आफ्टर सेल्स’ सुविधा

पुराना गाडी व्यापारमा ‘अग्नी आस्था’ : डिजिटल भ्यालुएसन, फाइनान्स र ‘आफ्टर सेल्स’ सुविधा


वसन्त अर्याल
पुस १२, २०७८ सोमबार ९:२७, काठमाडौँ

गाडी चढ्ने रहर कसलाई हुँदैन? तर सबैको रहर पूरा हुँदैन। किनकि गाडी किन्नलाई आफू आर्थिक रुपमा पनि बलियो हुनुपर्छ। 

हरेक दिन नयाँ–नयाँ आविष्कार भइरहने अटो क्षेत्र एक प्रकारले भन्ने हो भने ‘ग्लामर्स वर्ल्ड’ हो। नयाँ नयाँ प्रविधियुक्त गाडी बजारमा आइरहेका हुन्छन्। तर नयाँ गाडी किन्न नसक्नेहरुले के गर्ने त? 

नेपालमा महिन्द्राका गाडी बिक्रीवितरण गर्दै आएको अग्नी इन कर्पोरेटले यसको समाधान निकालेको छ। उसले आफ्नो मातहतमा रहने गरी अग्नि आस्था प्रालि नामक ‘सर्टिफाइड युज्ड कार कम्पनी’ स्थापना गरेको हो। 

यसले नयाँ गाडी किन्न नसक्ने र प्रयोग भइसकेका गाडी किनेर आफ्नो गाडी चढ्नखोज्ने ग्राहकको रहर पूरा गरिदिने कम्पनीले जनाएको छ। 

यस कम्पनीबाट पुरानो गाडी खरिदमा नयाँ गाडीकै अनुभूति पाउने अग्नी आस्थाको दाबी छ। 

यस कम्पनीबाट पुरानो गाडी खरिदमा नयाँ गाडीकै अनुभूति पाउने अग्नी आस्थाको दाबी छ। 

‘अग्नी आस्था ‘सर्टिफाइड युज्ड कार कम्पनी’ हो। कम्पनीको प्रकृति ‘रिकन्डिसन हाउस’को जस्तै भए पनि यसको सेवा फरक हुनेछ’, अग्नी आस्थाका महाप्रबन्धक अमित कुमार चौधरी भन्छन्, ‘नेपालमा अधिकांश रिकन्डिसन कम्पनीले प्रोडक्ट बिक्री गर्ने काम मात्रै गर्दै आएका छन्। त्यसपछिको टेक केयर गर्दैनन्।’

उनी अग्नी आस्था नेपालको पहिलो सर्टिफाइड युज्ड कार कम्पनी रहेको बताउँछन्। 

अग्नी इन्कर्पोरेटेडका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठले अग्नी आस्था कम्पनी हेर्ने जिम्मेवारी चौधरीलाई दिएका छन्। अटो मोबाइल्स क्षेत्रमा करिब २० वर्ष अनुभव भएका उनी १२ वर्षदेखि अग्नी इन्कर्पोरेटेडमा आबद्ध छन्।

नयाँ गाडीलाई जस्तै बिक्रीपछि पनि सेवा
‘बजारमा भएका रिकन्डिसन कम्पनीले ग्राहकलाई गाडी बिक्री गरेपछि डिल सकिन्छ’, महाप्रबन्धक चौधरी भन्छन्, ‘हामी बिक्रीपछि पनि सर्भिस दिन्छौँ।’

अग्नी आस्थाले गाडी बजारबाट खरिद गर्छ। त्यसलाई एक तहको मेन्टिनेन्स गरी आफ्नो शोरुममा ल्याउँछ। महिन्द्राले गाडीको कन्डिसन हेरेर ३ महिनादेखि १ वर्षसम्मको वारेन्टी दिन्छ।

नयाँ गाडी खरिदमा जस्तै ३ देखि ६ वटा फ्रि सर्भिस दिन्छ। अग्नी आस्थाले सर्टिफाइड गरी ग्राहकलाई दिन्छ। जुन बजारमा भएका अरु कम्पनीले उक्त सेवा उपलब्ध गराउँदैनन्। 

डाउनपेमेन्टमा किन्न पाइने, थ्रिएस सुविधा 
अग्नी आस्थाबाट युज्ड भेहिकल खरिद गरे पनि नयाँ गाडीको अनुभव पाउने सुविधा डाउन पेमेन्ट सिस्टम हो। 

हाल नयाँ गाडी खरिद गर्दा डाउन पेमेन्ट सिस्टम छ। तर पुरानो गाडी खरिद गर्दा सहजै डाउन पेमेन्ट सिस्टम पाइँदैन। तर अग्नी आस्थाले पुरानो गाडीको खरिदमा पनि डाउन पेमेन्ट सिस्टम राख्दै छ। 

‘बैंकसँग कुरा भइराखेको छ। छिट्टै बैंकसँग टाईअप हुन्छ’, उनले भने, ‘बैंकिङ सिस्टमअनुसार केही रकम तिर्नु बाँकी फाइनान्सको सुविधा हुन्छ।’ 

कम्पनीले गाडी बिक्री मात्रै होइन, सर्भिस र स्पेयर पार्ट्सको सुविधा पनि दिन्छ। अग्नी आस्थाको जति पनि आउटलेट छन्, तिनमा थ्रिएस सेटअप छन्। कम्पनीसँग सेल्सको लागि शोरुम पनि छ। सर्भिसको लागि वर्कशप रहेको छ। पार्ट्सको लागि आउटलेट छ। 

‘अनलाइन सिस्टमबाट भ्यालुएसन’
विभिन्न कम्पनीमा जाँदा एउटै गाडीको भ्यालुएसन (मूल्यांकन) फरक पर्छ। हामीसँग बढी स्टक रहेको भन्दैमा गाडीको मूल्य घट्ने भन्ने हुँदैन। 

‘कम्पनीको मुडको आधारमा गाडीको भ्यालुएसन हुँदैन। वैज्ञानिक तरिकाले नै हुन्छ,’ उनी भन्छन्, ‘अग्नी आस्थाको भ्यालुएसन अनलाइन सिस्टमको आधारमा हुन्छ। कुनै ग्राहक ठगिएको गुनासो गर्नुपर्दैन।’

अग्नी आस्थाले केही वर्ष लगाएर भ्यालुएसन सफ्टवयेर नै विकास गरेको छ। जुन सफ्टवेयर एपको रुपमा विकास गरी सेल्सम्यानको आईप्याडमा राखिदिएको छ। 

जहाँ गाडीको उत्पादन मिति, मोडल नम्बर र किलोमिटर सफ्टवेयरमा राख्नेबित्तिकै प्रारम्भिक मूल्य ग्राहकले थाहा पाउँछन्। त्यसको १ घण्टाभित्रै गाडीको मेन्टिनेन्स कष्ट कति छ। त्यसको रिपेयर गर्दा कति लाग्छ, हिसाब गरेर ग्राहकलाई जानकारी गराउँछ। 

‘अग्नी आस्थाको सबैभन्दा विश्वसनीय कुरा नै एप्लिकेसनको माध्यमबाट भ्यालुएसन हो’, चौधरी भन्छन्, ‘बजारमा भएका कुनै रिकन्डिसन कम्पनीसँग त्यो सिस्टम छैन। त्यसैले हामी फरक छौँ।’

गाडीको मूल्य कस्तो हुन्छ ?
कम्पनीले महिन्द्राका जस्तोसुकै पुराना गाडी पनि खरिद गर्छ। तर गाडीको मूल्य भ्यालुएसनअनुसार फरक पर्छ। पुरानो गाडीलाई पनि कन्डिसनमा बनाएर बिक्री गर्ने हुँदा कम्तीमा ५ वर्ष ग्राहकले ढुक्कले गाडी चढ्नसक्ने चौधरी बताउँछन्। 

अग्नी आस्थाले गाडी खरिद गर्दा बजार मूल्यभन्दा बढी नै दिने उनको भनाइ छ।  

‘बजारमा भएका अधिकांश रिकन्डिसन हाउसले ग्राहकसँग गाडी खरिद गर्दा ८÷१० लाख रकम भए तत्कालै भुक्तानी दिन्छन्। तर २५–३० लाख पर्ने गाडीको भुक्तानीको लागि समय माग गर्छ’, चौधरीले थपे, ‘शोरुममा राखेपछि ग्राहक खोज्छ। ग्राहक पाएपछि मात्रै आफूले खरिद गरेको ग्राहकलाई भुक्तानी दिन्छन्। तर महिन्द्रा आस्थाले गाडी भ्यालुएसन भएको दिन नै भुक्तानी पाउँछन्।’

कम्पनीले बिक्री गर्ने मूल्य केही फरक हुनसक्छ। कम्पनीले जति सुविधा दिएको हुन्छ, त्यसको आधारमा मूल्य बढी नहुने उनले बताए। 

‘बजारमा उपलब्धभन्दा केही धेरै मूल्य तिर्न ग्राहक आफैँ खुसी हुनेछन्। अरु कम्पनीको तुलनामा बढी नै सुविधा हुँदा ग्राहकलाई फाइदा छ’, उनले भने। 

देशभर विस्तारको योजना
अग्नी आस्था काठमाडौंसहित ५ सहरमा आफ्नो सेवा विस्तार गरिसकेको छ। इटहरी, भरतपुर, भैरहवा र पोखरामा सेवा विस्तार गरिसकेको छ। पूर्वदेखि पश्चिमका बाँकी सहरमा छिट्टै विस्तार गर्ने जनाएको छ। 

अग्नी आस्थाले महिन्द्राका पुराना गाडीको मात्रै कारोबार गर्दै आएको छ। कम्पनीको बिजनेस सेट हुँदै गएपछि ‘मल्टी प्रोडक्ट सेल्स कम्पनी’ बनाउने योजना रहेको छ।   

चौधरी अग्नी आस्था महिन्द्राका गाडीको एक्स्चेन्ज हबभन्दा पनि हुने बताउँछन्। 

‘नेपालको जुनसुकै ठाउँको मनिसले महिन्द्राको गाडी एक्सचेञ्ज गर्न खोज्यो भने ग्राहकको गाडी खरिद गरिदिन्छ र नयाँ गाडीको लागि सम्बन्धित डिलरमा संवाद गराइदिन्छ’, उनी भन्छन्। 

अग्नी आस्थामा ग्राहकले ३ वटा सेवा पाउँछन्। जहाँ ग्राहकले गाडी बेच्न मात्रै पनि सक्छ, कसैलाई गाडी खरिद गर्न पनि सक्छ र एक्सचेन्ज गर्न पनि सक्ने उनको भनाइ छ।   

अग्नी आस्था स्थापनाको ३ महिनामा सबैभन्दा बढी माग स्कोर्पियो, पिकअप र बोलेरोको रहेको छ। 

‘नयाँ जुन गाडी बढी बिक्री हुन्छ। पुरानो पनि बढी खरिदबिक्री त्यही हुने हो’, उनले भने। 

अग्नी आस्थाले आफ्नो सेवा काठमाडौंमा मात्र नभई देशभर फैलाउँदै छ। हाल काठमाडौंबाहेक पूर्वको इटहरी, चितवनको भरतपुर र रुपन्देहीको भैरहवामा सेवा विस्तार गरिसकेको छ।

छिट्टै पोखरामा सेवा विस्तार गर्दै छ। अग्नी आस्थाले देशभर मुख्य सहरमा आफ्नो सेवा विस्तार हुने जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .