ad ad

कारोबार


१९ जीवन बीमा कम्पनीले ५ महिनामा संकलन गरे ५७ अर्ब

१९ जीवन बीमा कम्पनीले ५ महिनामा संकलन गरे ५७ अर्ब

बीमा समिति


दीपक भट्ट
पुस ११, २०७८ आइतबार १४:३६, काठमाडौँ

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा नेपालमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले ५७ अर्ब ७९ करोड रुपैयाँ संकलन गरेका छन्। 

हालसम्म जीवन बीमा कम्पनीहरुले ९६ लाख १९ हजार बीमालेख बिक्री गरेर उक्त रकम संकलन गरेका हुन्। 

चालू आर्थिक वर्षको ५ महिना अवधिसम्ममा बीमा कम्पनीहरुले ९० लाख जीवन बीमालेख बिक्री गरेका छन्। त्योबाहेक ६ लाख वैदेशिक रोजगार बीमालेख समेत बिक्री गरेको बीमा समितिले जनाएको छ।

१९ जीवन बीमा कम्पनीको नेपालभर २ हजार २ सय ३० वटा कार्यालय रहेको छ भने समग्रमा जीवन बीमा कम्पनीहरुले ६ हजार जनालाई रोजगारी प्रदान गरेका छन्। 

मंसिर महिनाको मात्रै तथ्याङ्क हेर्न हो भने पनि एक महिनामै १९ वटा जीवन बीमा कम्पनीले जीवन बीमालेख ५ लाख ४ हजार बिक्री गरेका छन्। 

वैदेशिक रोजगार बीमालेख ७२ हजार बिक्री गरेको बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। यस बीमालेख बिक्रीमार्फत एक महिनामै बीमा कम्पनीहरुले ११ अर्ब रुपैयाँ संकलन गरेको देखिएको हो। 

कुन कम्पनी कस्तो अवस्थामा? 
राष्ट्रिय बीमा संस्थान 

सरकारी स्वामित्वमा रहेको यस कम्पनीले चालू आर्थिक वर्षको ५ महिनामा ५ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। यस कम्पनीले हालसम्म ७ लाख ६ हजारलाई बीमित गराएको छ। यस कम्पनीका चुक्ता पुँजी १८ करोड छ। यसको २२ वटा कार्यरलय रहेको छ। यसले १ सय २४ जनालाई रोजगारी दिएको छ। 

नेशनल लाइफ इन्स्याेरेन्स 
नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले मंसिर मसान्तसम्ममा ६ लाख ४१ हजार बीमालेख बिक्री गरेर ५ अर्ब ६४ करोड रुपैयाँ आर्जन गरेको छ। यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ३९ करोड छ। यस कम्पनीको कार्यालय १ सय १४ वटा रहेको र ३ सय ७५ जनालाई रोजगारी प्रद्यान गर्दै आएको छ। 

नेपाल लाइफ इन्स्याेरेन्स 
नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड नेपालकै सबैभन्दा ठूलो कारोबार गर्ने जीवन बीमा कम्पनीमा पर्दछ। यस कम्पनीले मंसिर मसान्तसम्ममा १० लाख ७८ हजार बीमालेख बिक्री गरेर १५ अर्ब ४४ करोड रुपैयाँ अर्जन गरेको छ। यस कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रहेको छ। यसको १ सय ९८ वटा कार्यालय रहेकोमा ६ सय ६४ जनालाई रोजगारी प्रदान गरेको छ। 

लाइफ इन्स्याेरेन्स कर्पोरेसन 
लाइफ इन्स्याेरेन्स कर्पोरेसन नेपाल लिमिटेडले मंसिर मसान्तसम्ममा ६ लाख ९९ हजार बीमालेख बिक्री गरेर ६ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ। यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २१ करोड रहेको छ। यस कम्पनीको ८१ वटा कार्यलय सञ्चालनमा रहेका छन्। कम्पनीले २ सय २५ जनालाई राजगारी प्रदान गर्छ।

मेटलाइफ 
अमेरिकन बीमा कम्पनी मेटलाइफ नेपालले मंसिर मसान्तसम्ममा ११ लाख ७० हजार बीमालेख बिक्री गरेर २ अर्ब १९ करोड रुपैयाँ आर्जन गरेको छ। यस कम्पनीको नेपालमा ३३ वटा कार्यालय छन्। जसले १ सय ५९ जनालाई रोजगारी प्रदान गरेको छ। 

एसियन लाइफ इन्स्याेरेन्स 
एसियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले मंसिर मसान्तसम्ममा ३ लाख ४० हजार बीमालेख बिक्री गरेर २ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ। यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड छ। यस कम्पनीले १ सय ५० वटा कार्यालय सञ्चालनमा ल्याएको छ। जसले ४ सय ४८ जनालाई रोजगारी प्रदान गरेको छ। 

सूर्या लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड 
यस कम्पनीले ५ लाख ५३ हजार बीमालेख बिक्री गरेर २ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ। यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड रहेको छ। कम्पनीले १ सय २५ वटा कार्यालय सञ्चालनमा राखेको छ। यसले २ सय ९४ जनालाई रोजगारी प्रदान गरेको छ। 

गुराँस लाइफ इन्स्याेरेन्स
यो कम्पनीले ९७ हजार बीमालेख बिक्री गरेर १ अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको छ। यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ८ करोड रुपैयाँ छ। यस कम्पनीले ९३ वटा कार्यालय सञ्चालनमा ल्याएको छ। जसमा २ सय ३३ जनाले रोजगारी पाएका छन्। 

प्राइमलाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड 
यस कम्पनीले २ लाख ६ हजार बीमालेख बिक्री गरेर १ अर्ब ९२ करोड रुपैयाँको आर्जन गरेको छ।  यस कम्पनीको चुक्त पुँजी २ अर्ब ७७ करोड रहेको छ। यस कम्पनीले १ सय ५५ वटा कार्यालय सञ्चालनमा ल्याएको छ। जसले ३ सय ६४ जनालाई रोजगारी प्रदान गरेको छ। 

आईएमई लाइफ इन्स्याेरेन्स 
यस कम्पनीले २ लाख १६ हजार बीमालेख बिक्री गरेर १ अर्ब २४ करोड रुपैयाँ आर्जन गरेको छ। यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ। यस कम्पनीले १ सय ३४ वटा कार्यालय सञ्चालनमा ल्याएको छ। जसबाट २ सय ५६ जनाले रोजगारी पाएका छन्। 

युनियन लाइफ 
यस कम्पनीले १ लाख २८ हजार बीमालेख बिक्री गरेर ३ अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ। यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड छ। यस कम्पनीले १ सय ७८ कार्यालय सञ्चालनमा ल्याएको छन्। जसबाट ४ सय ३० जनाले रोजगारी पाएका छन्। 

ज्योति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड 
यस कम्पनीले १ लाख ३५ हजार बीमालेख बिक्री गरेर १ अर्ब ३५ करोड रुपैयाँ आर्जन गरेको छ। यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ छ। यसका कार्यालयहरु १ सय २८ रहेका छन्। यस कम्पनीबाट ४ सय २० जनाले रोजगारी पाएका छन्। 

सनलाइफ इन्स्याेरेन्स कम्पनी
यस कम्पनीले मंसिर मसान्तसम्ममा ३ लाख २३ हजार बीमालेख बिक्री गरेर १ अर्ब ६२ करोड रुपैयाँ संकलन गरेको छ। यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ। यस कम्पनीको १ सय ९१ वटा कार्यालय रहेकामा ३ सय ५३ जनाले रोजगारी पाएका छन्। 

रिलायन्स लाइफ इन्स्याेरेन्स कम्पनी
यस कम्पनीले मंसिर मसान्तसम्ममा ४६ हजार बीमालेख बिक्री गरेर १ अर्ब १५ करोड रुपैयाँ संकलन गरेको छ। यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रहेको छ। यस कम्पनीले १ सय १९ वटा कार्यालय सञ्चालनमा ल्याएर २ सय ५२ जनालाई रोजगारी प्रदान गरेको छ। 

रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स
यस कम्पनीले हालसम्म २६ लाख बीमालेख बिक्री गरेर १ अर्ब २९ करोड रुपैयाँ संकलन गरेको छ। यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ। यस कम्पनीले ८२ वटा कार्यालय सञ्चालनमा राखी ३ सय २९ जनालाई रोजगारी प्रदान गरेको छ। 

सिजिटन लाइफ इन्स्याेरेन्स 
यस कम्पनीले २ लाख ४४ हजार बीमालेख बिक्री गरेर मंसिर मसान्तसम्ममा २ अर्ब ७ करोड रुपैयाँ संकलन गरेको छ। यस कम्पनीको १ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको छ। यस कम्पनीले १ सय ४८ वटा कार्यालय सञ्चालनमा राखी ३ सय ९ जनालाई रोजगारी प्रदान गर्दै आएको छ। 

सानिमा लाइफ इन्स्याेरेन्स कम्पनी 
यस कम्पनीले मंसिर मसान्तसम्ममा ४३ हजार बीमालेख बिक्री गरेर ९३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। यस कम्पनीको चुक्ता पुँजी २ अर्ब छ। यस कम्पनीले १ सय १८ वटा कार्यालय सञ्चालनमा राखेको छ। यस कम्पनीले २ सय ३८ जनालाई रोजगारी प्रदान गरेको छ। 

 प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड 
यस कम्पनीले मंसिर मसान्तसम्ममा २ लाख ८७ हजार बीमा लेख बिक्री गरेर हालसम्म ८५ करोड रुपैयाँ संकलन गरेको छ। कम्पनीको चुक्ता पुँजी २ अर्ब छ भने ९९ वटा कार्यालय सञ्चालनमा ल्याएको छ। यस कम्पनीले ३ सय ७ जनालाई रोजगारी समेत प्रदान गरेको देखिएको छ। 

महालक्ष्मी लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड 
यस कम्पनीले हालसम्म ३१ हजार बीमा लेख बिक्री गरेर ५४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ। यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ। यस कम्पनीले ६२ वटा कार्यालय सञ्चालनमा राखेको छ। जसबाट २ सय २२ जनाले प्रत्यक्ष रोजगारी पाएको बीमा समितिको तथ्याङ्कले देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .