कारोबार


भारतबाट लुकाएर ल्याइएको मासु नागढुंगामा बरामद, दुईवटा ट्रक नियन्त्रणमा

भारतबाट लुकाएर ल्याइएको मासु नागढुंगामा बरामद, दुईवटा ट्रक नियन्त्रणमा

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार १०:५७,

भारतबाट अवैध रुपमा नेपालमा मासु भित्रिने गरेको पाइएको छ। चार दिनअघि नेपाल भित्रिएको मासु दुईवटा ट्रकमा काठमाडौं भित्रिँदै गर्दा राजस्व अनुसन्धान विभागले नागढुंगाबाट बरामद गरेको हो।

मासु बोकेका ट्रक नियन्त्रणमा लिइएको विभागले जनाएको छ।

उक्त मासु केको हो र कुन प्रकृतिको हो भनेर अनुसन्धान तथा परीक्षण भइरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले नेपालखबरलाई जानकारी दिए।

भन्सारबाट कसरी मासु नेपाल भित्रियो भन्नेमा विभाग नै आश्चर्यमा परेको छ।

‘नेपाल विदेशबाट मासु आयात गर्न प्रतिबन्ध गरिएको देश हो’,  उनले भने, ‘त्यो पनि अनुसन्धान भइरहेको छ।’

सर्लाहीको मलंगवा नाका हुँदै काठमाडौं भित्रिएको देखिएको विभागले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा मासु कुखुरा र ‘बफ’जस्तो देखिएको छ। तर क्वारेन्टइनमा भइरहेको जाँचपछि यसबारे आधिकारिक जानकारी मिल्ने मैनालीले बताए।

भन्सारले पनि कसरी पास गर्यो, त्यसमा संलग्न को को छन्, कसले मासु ल्याएको हो, सबै अनुसन्धान गरी कारबाही अघि बढाउने विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad