सुनको मूल्य दैनिक एक हजार रुपैयाँका दरले वृद्धि हुँदै गएको छ।
बिहीबार प्रतितोला ६४ हजार रहेको छापावाला सुनको मूल्य शुक्रबार ६५ हजार पुगेको छ।
शुक्रबार छापावाला सुनको मुल्य ६५ हजार रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानाकारी गराएको छ।
बुधबार प्रतितोला ६३ हजार रुपैयाँमा कारोवार भएको सुन बिहीबार ६४ हजार र शुक्रबार ६५ हजार पुगेको हो।

बिहीबार तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुनको मूल्यमा पनि अधिल्लो दिनको तुलनमा हजार रुपैयाँ नै वृद्धि भएको छ। बिहीबार तेजावी सुन ६३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै गरी चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँ वृद्धि भएको छ। बिहीबार ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ७ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
Shares

प्रतिक्रिया