चालू आर्थिक वर्षको तीन महिनामै मोबाइल बैंकिङबाट ८७ अर्ब ७३ कारोबार भएको छ।
नेपालमा मोबाइल बैंकिङका प्रयोगकर्ताहरु र कारोबार समेत बढिरहेको देखिएको हो।
नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको असोजसम्मको तथ्यांकमा कारोबार रकम ह्वात्तै बढेको उल्लेख छ। गत वर्षको तीन महिनामा ७४ अर्ब रुपैयाँ मात्रै मोबाइल बैंकिङबाट कारोबार भएको थियो।
त्यसका साथै प्रयोगकर्ताहरु समेत बढिरहेको छन्। गत वर्षको ३ महिनामा १ करोड ४८ लाख रहेकामा अहिले १ करोड ५१ लाख पुगिसकेको छ।
त्यस्तै इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरु समेत बढिरहेको छ। इन्टरनेट बैंकिङ प्रयोग गर्नेहरु अहिले १२ लाख पुगेको छ। इन्टरनेट बैंकिङबाट चालू आवको ३ महिनामा १३ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ।
एटीएमबाट समेत रकम कारोबार उल्लेख्य हुने गरेको राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्कमा देखिन्छ। नेपालभरमा एटीएम बुथ ४ हजार ३ सय ४७ पुगेको छ। तयस्तै एटीएम प्रयोग कर्ताहरु समेत १ करोड नाघेको छ।
चालू आर्थिक वर्षको ३ महिनामा एटीएमबार मात्रै ७६ अर्ब ५३ करोड रुपैयाँ निकालिएको पाइएको हो।

Shares

प्रतिक्रिया