राजनीति


बारमा 'भिजिलान्ते' पसेको गुनासो, वकिलसँग झडप गर्नेमध्ये एकजना न्यायाधीशकै भतिजा

बारमा 'भिजिलान्ते' पसेको गुनासो, वकिलसँग झडप गर्नेमध्ये एकजना न्यायाधीशकै भतिजा

नेपाल बार परिसरमा वकिल र युवा समूहबीच झडप हुँदै। तस्बिर : नेपालखबर


नेपालखबर
मंसिर २, २०७८ बिहिबार १३:५७, काठमाडौँ

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले बिहीबार दिउँसो आफूहरुमाथि 'भिजिलान्ते' को एक समूहले आक्रमण गरेको गुनासो गरेका छन्। 

बार परिसरभित्र नेपाल प्रहरीको सुरक्षा नभएको अवस्थामा बिहीबार दिउँसो छिरेका आधा दर्जन युवाहरुको समूह र वकिलहरूबीच केही बेर कुटाकुट भएको थियो।

उक्त घटनाका क्रममा गेटमा बसेको प्रहरीले ती युवाहरुलाई नरोकेको तथा घटनापछि नसमातेको गुनासो पनि वकिलहरूले गरेका छन्। 

दुवै बारका पदाधिकारीहरुले 'भिजिलान्ते' पसेर दुर्व्यवहार गरेको भन्दै सर्वोच्च अदालत सुरक्षा प्रहरी कार्यालय प्रमुख दीपक रेग्मीको ध्यानाकर्षण गराएका छन्। 

उनीहरुले त्यत्रो घटना हुँदा पनि गेटमा रहेको प्रहरी हेरेर बसिरहेको भन्दै आक्रोश पोखेका छन्। वकिलहरूले झडप हुँदा पनि प्रहरीले नपक्रिएर भगाउन सहयोग गरेको आरोप लगाएका छन्।

एकजना वकिलका अनुसार झडप गर्न आइपुगेका ती युवाहरूमध्ये एकजना पाटन उच्च अदालतका न्यायाधीशका नातेदार (भतिजा) रहेको खुलेको छ।

ती वकिलका अनुसार मदिरा पिएर आएका युवाहरु एक्कासि बारभित्र छिरेर दुर्व्यवहार गरेका थिए। त्यसक्रममा वकिलहरूले प्रतिकार गर्दै उनीहरुलाई त्यहाँबाट निकालेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad