कारोबार


होटल हायात प्लेस सोमबारदेखि सञ्चालनमा आउँदै, यस्ता छन् सुविधा

निर्माण लागत बढेर करिब ५ अर्ब पुग्यो
होटल हायात प्लेस सोमबारदेखि सञ्चालनमा आउँदै, यस्ता छन् सुविधा

सञ्चालनमा आउन लागेको होटल हायात प्यालेस। तस्बिर : विजय सिंह/नेपालखबर


वसन्त अर्याल
कात्तिक २७, २०७८ शनिबार २१:५०, काठमाडौँ

अन्तर्राष्ट्रिय हस्पिटालिटी ब्रान्ड हायात प्लेस सोमबारबाट सञ्चालनमा आउने भएको छ। 

ताहाचलमा निर्माण भएको पाँचतारे होटल पूर्ण रुपमा सञ्चालनमा आउन लागेको हो।

नेपालमा गोल्यान ग्रुपको मुख्य लगानीमा  होटल निर्माण भएको छ। 

सन् २०२० को सुरुवातमै होटल सञ्चालनमा ल्याउने तयारी गरे पनि कोभिडको कारण ढिला भएको होटलले जनाएको छ। 

 करिब साढे १० रोपनी क्षेत्रफलमा होटल निर्माण सम्पन्न भएको छ।  

हायात प्लेस १४ तले भवनमा छ। जहाँ सवारीसाधन पार्किङको लागि २ तलाको ‘बेसमेन्ट’ छ। 

गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले शुरूमा २ वटा टावर अपार्टमेन्टको रूपमा प्रयोग गर्ने योजना बनाए पनि भूकम्पपछि होटल र  अपार्टमेन्टको रूपमा सञ्चालन गरिएको बताए।

गोल्यानले हायात प्यालेस सञ्चालनमा आएसँगै विदेशी पर्यटक ल्याउन सहयोग पुग्ने बताएका छन्। 

यो होटल निर्माणमा पहिला सवा ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो। तर अहिले लागत बढेर करिब ५ अर्ब रुपैयाँ पुग्न लागेको शक्ति गोल्यानले बताएका छन्।

होटलले २०२२ बाट राम्रो संख्यामा विदेशी पर्यटकहरु आउने विश्वास गरेको छ। 

यस्ता छन् होटलमा सुविधाहरु 

 अन्तर्राष्ट्रिय ब्रान्ड हायातको दोस्रो होटेल हो। यसअघि नै हायात रेसिजेन्सी नेपालमा सञ्चालनमा रहेको छ। 

होटलमा १ सय ५३ वटा कोठा रहेका छन्। जसमा ३ वटा सुइट र ७ वटा टेरेससहितका कोठा निर्माण भएका छन्। 

होटलमा चौबीसै घण्टा फिटनेस सेन्टर, आउट डोर स्विमङ पुल र अरु प्रिमियम सुविधा रहनेछन्। 

३० वर्ग मिटर फराकिला कोठालाई सोफासहितको बस्न र सुत्न मिल्ने गरी बेड हुनेछन्। 

होटलका सुइट रुम ६० वर्ग मिटरका फराकिला हुनेछन्। जसमा बेडरुम र लिभिङ एरिया छुट्याइएको हुनेछ। सुइट रुममा किङ बेड, सोफा, ४ जना पाहुनालाई राखेर खुवाउन मिल्ने डाइनिङ टेबल हुनेछ। 

ग्राहकले आफूअनुकूल किङ बेडसहित टेरेस, ट्विन बेडसँगै टेरेस, सिटी भ्यूसहित सोफा कोठा, सिटी भ्यूसहित ट्विन बेड, ट्विन बेडसहित सोफा लगायतका कोठा छन्। 

होटलमा ४० वटा कनेक्ट गर्न मिल्ने कोठा रहेका छन्। जसमा ठुलो परिवारले दुईवटा कोठामा सहजै आउजाउ गर्न सहज हुन्छ। 

होटलमा  होटलमा स्पेसल इभेन्टको लागि ४ वटा ब्यान्क्वेट रहेका छन्। ठूला कार्यक्रम गर्न मिल्ने ५ सय वर्ग मिटरको हल हुनेछ। दुईवटा फ्लोरमा ३७५ र १२५ वर्ग मिटरको दुई–दुई हल हुनेछन्।  जसलाई एउटै कार्यक्रम गर्न वा दुईवटा कार्यक्रम गर्न सकिन्छ। 

 ३८५ ठाउँमा हायात प्लेस सञ्चालनमा रहेको छ। हायात प्लेस काठमाडौंमा हायातकै अन्तर्राष्ट्रिय व्यवस्थापन हुने होटलले जनाएको छ। खानाको परिकारमा सामान्य खानादेखि दक्षिणपूर्वी एसिया र इटालियन स्वाद हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .