पोखराको नयाँबजारमा रहेको माछापुच्छ्रे बैंकको कार्यालय परिसरमा पूर्वसांसद तथा व्यवसायी स्वर्गीय सूर्यबहादुर केसीको अर्धकदको शालिक स्थापना गरिएको छ ।
केसी माछापुच्छ्रे बैंकका संस्थापक हुन्। पोखरामै प्रधान कार्यालय रहने गरी उनले २२ वर्षअघि माछापुच्छ्रे बैंक स्थापना गरेका थिए। पछिमात्रै माछापुच्छ्रेले प्रधान कार्यालय काठमाडौं सारेको हो।
शालिकको शुक्रबार उनकै धर्मपत्नी प्रेमकुमारी केसीले अनावरण गरिन्।
पोखरालाई पर्यटन र आर्थिक क्षेत्रको केन्द्र बनाउनुपर्छ भन्ने केसीको शालिक अनावरण समारोहमा माछापुच्छ्रे बैकका अध्यक्ष डाः वीरेन्द्र महतो बैंकका कार्यकारी अधिकृत सन्तोष कोइराला बैंकका संस्थापक हरिभक्त सिग्देल, पूर्वप्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर थापा, सञ्चालक तथा स्वर्गीय केसीका सूपुत्रहरु प्रकाश केसी, किरण केसी, रोशन केसी, निर्देशक जयमुकुन्द खनाललगायतले बोलेका थिए।
Shares
प्रतिक्रिया