गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्वसम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ।
क्षेत्रीले अबको एकमहिनाभित्रै परीक्षण उडान गर्ने बताएका छन्। त्यसबीचमा प्राधिकरणले आन्तरिक तयारी गर्नेछ। एरो थाई थाइल्याण्डको प्रतिष्ठित हवाई कम्पनी हो। थाई एयरवेजका लागि एटिसिलगायत प्राविधिक जनशक्ति एरो थाइले उपलब्ध गराउने गरेको बताइन्छ।
आगामी नोभेम्बर २२ अर्थात मंसिर ६ गते एरो थाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाज ल्याएर प्रक्रिया पुरा गरी क्लालिब्रेसन फ्लाइट गर्ने प्राधिकरणले जनाएको छ। यो काम एकसाता अवधिको हुनेछ।
महानिर्देशक क्षेत्रीले भने ‘गौतमबुद्ध विमानस्थलको प्राविधिक प्रक्रिया लगभग पूरा गरिसकेका छौँ, तुरुन्त गर्नुपर्ने केलिब्रेसन फ्लाइट, अबको एक महिनाभित्रै सक्छौँ, त्यसको तीन महिनाभित्र परीक्षण उठान गरी अर्को पाँच महिनाभित्र व्यावसायिकरुपमा सञ्चालनमा ल्याउने योजना छ।’
परीक्षण उडान गरेपछि अन्तर्राष्ट्रिय वायुसेवालाई नियमित उडानका लागि आह्वान गरिने बताए। रासस
Shares

प्रतिक्रिया