कारोबार


दराजको भव्य किनबेच मेलाः ११ लाख उत्पादन, ५ करोडको छुट, ११ जनालाई बाइक

दराजको भव्य किनबेच मेलाः ११ लाख उत्पादन, ५ करोडको छुट, ११ जनालाई बाइक

नेपालखबर
कात्तिक १६, २०७८ मंगलबार १७:११, काठमाडौँ

दराजले यही नोभेम्बर ११ मा ११.११ बिग सेल मेला आयोजना गर्दै छ। 

अलिबाबा समूहको दराज अनलाइन शपिङले आज होटल मेरियटमा पत्रकार सम्मलेन गरी वर्षकै सबैभन्दा ठूलो एक दिवसीय मेलाबारे जानकारी दिएको हो। 

कम्पनीका अनुसार ११ लाख उत्पादनमा ५ करोडसम्मको छुट राखिएको छ भने भाग्यशाली ११ जनालाई टीभीएस रेडर मोटरसाइकल जित्ने अवसर प्रदान गरिएको छ। 

यसबाहेक अरु थुप्रै अफरहरु रहेको कम्पनीको भनाइ छ। नोभेम्बर ११ अर्थात् कात्तिक २५ गते २४ घण्टासम्म मेला सञ्चालन हुनेछ। 

मेलाको पूर्वसन्ध्यामा कम्पनीले कात्तिक २४ गते ११ चर्चित सेलिब्रेटीको साथमा दराज एपमा ११.११ ग्रान्ड गाला लाइभ प्रत्यक्ष प्रसारण गर्ने भएको छ। 

कार्यक्रममा दराजका प्रबन्धनिर्देशक लिनो अलरिङ, चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेल, पेमेन्ट र पार्टनरशिप प्रमुख अरुण फुँयाल, प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदीले मेलाबारे बताएका थिए। 

प्रबन्धनिर्देशक लिनोले भने, ‘हाम्रो ठूलो एक दिवसीय मेला फेरि हुँदै छ, हाम्रो प्लेटफर्ममा रहेका १२ हजार बढी बिक्रेताले गत वर्षदेखि नै यसको तयारी गर्नुभएको छ। मेला आयोजना गर्न पाउँदा खुसी छौँ। यसमा उत्कृष्ट डिल, थुप्रै छुट र वर्षकै भव्य मनोरञ्जन अनि उत्कृष्ट ग्राहक अनुभव भनेको नै ११.११ हो।’

यही मेलामा रियलमी जीटी नियो टु जीको विशेष लन्च हुने कम्पनीले बताएको छ। साथै अन्य कम्पनीका स्मार्टफोन, फेसन, मोटर, संगीत वाद्ययन्त्र, होम डेकोर र इलेक्ट्रोनिक्समा अद्भुत डिल्स रहेको चिफ कमर्सियल अफिसर टेम्पल प्याकुरेलले बताए। 

मेलामा सामसङ, फिलिप्स, रोटो, सीजी डिजिटल, लेनोभो र अन्य गरी २२ प्रचलित ब्रान्डहरुले विशेष छुट दिने बताउँदै यसमध्ये भारतका चार ब्रान्ड वीरेस्टो, जानस्या, मीसा फेसन र उस्त्राले सीधै भारतबाट डेलिभरी गर्ने जानकारी दिए। 

साथै टीभीएस, कोका–कोला र सनसिल्क ११ ११ का विशेष साझेदार रहेको उनले बताए। 

दराजको पेमेन्ट र पार्टनरशिपका प्रमुख फुँयालले १५ साझोदार बैंकहरुले मेलामा अनलाइन कार्ड पेमेन्टमा थप १५ प्रतिशत छुट दिने बताए। यसमा डेबिट कार्डमा अधिकतम ३ हजार रुपैयाँ र क्रेडिट कार्डमा अधिकतम ३ हजार ५ सय रुपैयाँ छुट रहेको बताए। 

सँगसागै इसेवा र आईएमई पेले पनि विशेष छुट दिने र ग्राहकहरुले साझेदार बैंकका क्रेडिट कार्डमार्फत शून्य प्रतिशत ब्याजमा मासिक किस्ता योजना लिई चाहिएको सामान खरिद गर्न सक्ने उनले बताए। 

दराजकी प्रमुख ग्राहक अधिकृत सम्झना सुवेदीले ग्राहकलाई कमी महशुस नहोस् भनेर १४ सयभन्दा बढी नयाँ कर्मचारी सामेल गराएको बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad