निजी क्षेत्रको हवाइ सेवा प्रदायक सौर्य एयरलाइन्सले भैरहवा–विराटनगर सिधा उडान गर्ने भएको छ।
कम्पनीले यही कात्तिक २२ देखि प्रदेश ५ र प्रदेश १ लाई उडानले जोड्नलागेको हो।
अन्तप्र्रदेश उडान भर्ने उद्देश्यका साथ दुई प्रदेशका यात्रुलाई लक्षित गरी दैनिक १ उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुमतिका लागि आवेदन दिइएको एयरलाइन्सका अध्यक्ष दिपक कुमार पोख्रेलले दिए।
कम्पनीको सीआरजे२०० जेट जहाजबाट उक्त गन्तव्यमा उडान हुनेछ। ५० सिट क्षमतायुक्त जहाजलाई गन्तव्यमा पुग्न ५३ मिनेटको समय लाग्ने एयरलाइन्सले जनाएको छ।
सौर्यसँग अहिले ३ वटा जहाज छन्। कम्पनीले अहिले विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा दैनिक ९ वटा उडान गरिरहेको छ।
कम्पनीले निकट भविष्यमै नेपालगन्ज र राजविराजको पनि उडान गर्ने जनाएको छ।
27
Shares

प्रतिक्रिया