राष्ट्र बैंकले कोरोनाबाट प्रभावित व्यवसायीलाई दिइने पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थाहरुसँग आवेदन माग गरेको छ।
राष्ट्र बैंकले एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन माग गरेको हो।
राष्ट्र बैंकले आवेदन बुझाउने अन्तिम मिति २०७८ मंसिर १९ गतेसम्म तोकिदिएको छ।
कोभिडबाट अतिप्रभावित तथा मध्यम प्रभावित कर्जाको लागि मात्रै बैंक तथा वित्तीय संस्थाले मात्रै आवेदन दिन पाउनेछन्।
राष्ट्र बैंकले अतिप्रभावित क्षेत्रमा होटल, टे«किङ एजेन्सी, क्यासिनो, होमस्टे लगायतका पर्यटकीय व्यवसायीलाई परिभाषित गरेको छ।
त्यस्तै हवाइ तथा पर्यटकीय यातायात, मनोरञ्जन, पार्टि प्यालेस, सिनेमाहल, कुखुरा पालन व्यवसाय, तयारी पोशका हस्तकला, विद्यालय ब्युटी पार्लर लगाएत रहेका छन्।
त्यसैगरी मध्यम प्रभावित क्षेत्रमा प्लास्टिक, फलाम, टायर, छाला, घरायसी उपकरण आदि उत्पादन तथा बिक्रीवितरणसम्बन्धी व्यवसाय, अस्पताल, क्लिनिक, वन तथा खनिजजन्य उद्योग, निर्माण व्यवसाय, औषधि उत्पादन, निर्माणाधीन जलविद्युत् यसमा पर्छन्।
आवेदनका लागि पालना गर्नुपर्नेछन् यी शर्तहरु
कुनै बैंक तथा वित्तीय संस्थाले कुल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म पाउनेछन्।
हाल एकमुष्ठ पुनर्कर्जा उपयोग गरिरहेका ऋणीहरु यस आह्वानमा पुनः आवेदन दिन योग्य हुनेछैनन्।
एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक तथा वित्तीय संस्थामार्फत मात्र आवेदन भएको हुनुपर्नेछ।
पुनर्कर्जाको लागि आवेदन गर्दा लघु, घरेलु तथा साना उद्यम क्षेत्रका ऋणीलाई समेट्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले बैंकहरुलाई प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक÷ऋणी समेटिएको हुनुपर्ने शर्त राखेको छ।
Shares

प्रतिक्रिया