लगातारको बाढीले जलमग्न भएको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनको तयारी गरिएको छ।
विमानस्थलमा जमेको पानी अझै बाहिरी नसकेका कारण विमानस्थल ४ दिनदेखि अवरुद्ध भएको हो।
बुधबारदेखि डुबान भएको रहेको विमानस्थल शुक्रबार सरसफाइ सकेर शनिबार बिहानसम्म सञ्चालनमा ल्याउने तयारी रहेको विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले बताए ।
‘पानी घटिसकेकाले टर्मिनल भवन सरसफाइ भइरहेको छ‚’ उनले भने, ‘त्यस्तो कुनै समस्या आएन भने भोलि (शनिबार) बिहानसम्म नियमित उडान भर्ने तयारी गरेका छौँ।’
विमानस्थल मंगलबार दिउँसो ४ बजेपछि उडान र अवतरण बन्द भएको थियो। नजिकमा रहेको बास्ता खोला साँघुरिँदा विमानस्थल डुबानमा परेको थियो।
विराटनगरका फोहोर बास्ता खालामा फालिँदा र फोहोरले पानी जाम हुँदा पानी बाहिर गएको खरेल बताउँछन्।
12
Shares

प्रतिक्रिया