कारोबार


आयो एकपटकको चार्जले ३ दिनसम्म काम गर्ने ब्याट्रीवाला नयाँ नोकिया फोन, यस्ता छन् अरू विशेषता

आयो एकपटकको चार्जले ३ दिनसम्म काम गर्ने ब्याट्रीवाला नयाँ नोकिया फोन, यस्ता छन् अरू विशेषता

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १०:५९, काठमाडौँ

नोकिया फोन निर्माता एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले  ‘सी’ सिरिजमा नयाँ स्मार्टफोन ‘सी–३०’ बजारमा ल्याएको छ।

इन्ट्री लेभलको यो फोन कम्पनीले बिहीबार भारतमा सार्वजनिक गरेको हो।  

भारतको जियोसँगको रणनीतिक साझेदारीमा एचएमडी ग्लोबलले यो नयाँ स्मार्टफोन बजारमा ल्याएको हो। 

कम्पनीका अनुसार हरियो र सेतो रङमा उपलब्ध यो फोन ३/३२ जीबी र ४/६४ भेरिएन्टमा खरिद गर्न सकिन्छ। फोनमा एचडी प्लस रेजोलुसनसहित ६.८२ इन्चको ठूलो डिस्प्ले छ। डिस्प्लेको टपमा वाटर ड्रप नच दिइएको छ।

अर्को विशेष भनेको फोनमा ६ हजार एमएएचको शक्तिशाली ब्याट्री हो। यो एक पटक चार्ज गरेपछि ३ दिनसम्म टिक्ने दाबी कम्पनीले गरेको छ।

दुईवटा क्यामेरा रहेको यो फोनमा मुख्य सेन्सर १३ मेगापिक्सेलको छ। ‘सी’ सिरिज डिभाइसमध्ये यो फोनमा हाई रेजोलुसन दिइएको दाबी कम्पनीले गरेको छ। 

सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामेरा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। भरतीय बजारमा यो फोनको मूल्य क्रमशः भारु १०,९९९ र ११,९९९ राखिएको छ। 

नेपालको बजारमा पनि यो फोन चाँडै आउने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad