सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ। एक हप्ता अघिसम्म ६० हजार रुपैयाँ प्रतितोला कायम रहेको सुनको मूल्य बिहीबार ६४ हजार रुपैयाँ पुगेको हो। यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो।
नेपाली बजारमा बिहीबार छापावाला सुन ६४ हजार तेजावी सुन ६३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायीले बताएका छन्।
बुधबार छापावाला सुन ६३ हजार, तेजावी सुन ६२ हजार ७ सय रुपैयाँ, चाँदी ७ सय २० रुपैयाँ कायम भएको थियो।
बिहीबार छापावाला सुन ६४ हजार तेजावी ६३ हजार ७ सय र चाँदी ७ सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाला सुन एकै दिन १ हजार रुपैंयाले वृद्धि भएको हो।

प्रतिक्रिया