कारोबार


गिरी ब्रदर्स अटोपार्ट्सले निःशुल्क चेकअप गर्ने, अन्य सेवामा विशेष छुट

गिरी ब्रदर्स अटोपार्ट्सले निःशुल्क चेकअप गर्ने, अन्य सेवामा विशेष छुट

नेपालखबर
असोज २१, २०७८ बिहिबार १३:५६, काठमाडौँ

गिरी ब्रदर्स अटोपार्ट्सले आफ्नो ग्राहकहरुलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ। 

यही असोज २२  देखि असोज २५  गतेसम्म गिरी ब्रदर्स अटोपाटर्सले ग्राहकलाई टीभीएसका बाइक स्कूटीमा फ्रि सर्भिस दिनलागेको हो। 

गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो वर्कसप सानोभर्याङमा असोज २५ गतेसम्म टीभीएस बाइक स्कूटीका सम्पूर्ण प्रकारका अटोभेहिकलमा फ्रि सर्भिसिङ हुने गिरी ब्रदर्स अटोपाटर्सका निर्देशक अजय गिरीले जानकारी दिए। 

उक्त अवधिभर ग्राहकहरुले टीभीएसका जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेन्ट्समा १० प्रतिशत छुट तथा अन्य लेबर चार्ज र चेकअपमा शतप्रतिशत छुट प्राप्त साथै विभिन्न प्रकारका आकर्षक गिफ्ट जित्न सक्नेछन्। 

टीभीएसका ग्राहकले उक्त सेवा लिन  गिरी ब्रदर्स अटोपाटर्सको कार्यालय वर्कसप सानोभर्याङमा गई सेवा लिनसक्ने निर्देशक गिरीले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad